हङकङको चुनाव प्रणाली परिवर्तन गर्ने चीनको घोषणा

डिसी नेपाल
२१ फागुन २०७७ १४:२६
72
Shares

हङ्कङ (एजेन्सी)। चीनले आफ्नो सबैभन्दा ठूलो राजनीतिक बैठकमा ‘देशभक्त’हरूलाई शक्तिमा ल्याउन हङ्कङको निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ।

यो घोषणा हङ्कङमा चिनियाँ नियन्त्रण कसिलो बन्दै गइरहेको समयमा गरिएको छ। एक साता लामो नेशनल पिपल्स कंग्रेसमा यससम्बन्धी एउटा मस्यौदा निर्णयमा छलफल हुनेछ।

सो बैठकमा हजारौँ नीति निर्माता सांसदहरू सहभागी छन्।

केन्द्र सरकारका नीतिहरूलाई पारित गर्ने सो बैठकले हङ्कङ विषयको निर्णय लगायत अन्य आर्थिक र वातावरणीय नीतिहरू पारित गर्ने अपेक्षा गरिएको छ। हङ्कङ चिनियाँ स्वायत्त भूमि हो।

एक देश दुई राजनीतिक प्रणालीको सिद्धान्तअनुसार चीनमा कम्युनिष्ट शासन भए पनि हङ्कमा भने लोकतन्त्र छ। तर अब चीनले त्यहाँ आफ्नो नियन्त्रण बढाउने गरी नीतिहरुमा परिवर्तन गरिरहेको अन्तर्राष्ट्रिय समूदायको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *