महासंघ अध्यक्ष गोल्छा र फ्रान्सका राजदूतबीच भेटवार्ता

डिसी नेपाल
२१ फागुन २०७७ १७:२६

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजबीच भेटवार्ता भएको छ। अध्यक्ष गोल्छा र राजदूत फ्वाबीच बिहीबार सम्पन्न भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

उक्त भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेश फोरम (नेपाल–फ्रान्स विजनेस र्फम) बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमती भएको छ।

भेटवार्तामा बोल्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्स बीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरे। भेटमा  दुवै देशका निजी क्षेत्र बीच सम्पर्क विस्तार मार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ।

यस्तै राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताए। नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउंदै उनले नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत ब्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *