अभिनेत्री अनुपमासँग विवाह गर्दै क्रिकेटर जसप्रित बुमराह, को हुन् अनुपमा ? तस्वीरहरू हेर्नुहोस्

डिसी नेपाल
२२ फागुन २०७७ १०:५८

काठमाडौं। क्रिकेटर जसप्रित बुमराहले अभिनेत्री अनुपमा परमेश्वरनसँग विवाह गर्दैछन् । यद्यपि अहिलेसम्म यो विवाहको औपचारिक घोषणा भइसकेको छैन र विवाहको मिति पनि सार्वजनिक गरिएको छैन ।

अनुपमा दक्षिण भारतीय अभिनेत्री हुन् । उनी मलायालम फिल्मकी चर्चित अभिनेत्री हुन् । यसबाहेक उनले तमिल, तेलुगु र कन्नड फिल्ममा पनि काम गरेकी छिन् । अनुपमाले २०१५ मा फिल्म प्रेममबाट डेब्यू गरेकी थिइन् । यो फिल्मका लागि उनले उत्कृष्ट डेब्यू अभिनेत्रीको पुरस्कार पनि पाएकी थिइन् ।

त्यसपछि उनी तेलुगु उद्योगमा आइन् र नागा चैतन्यासँग प्रेममकै तेलुगु संस्करणमा काम गरिन् । यसका अलावा उनले नितिनसँग फिल्म अ आ मा पनि काम गरिन् । तमिल सुपरस्टार धनुषसँग फिल्म कोडीमार्फत अनुपमाले तेलुगु डेब्यू गरिन् । २०१९ मा अनुपमाले नटसर्वाभोमाबाट कन्नड फिल्ममा डेब्यू गरिन् । २०२० मा उनले नेटफ्लिक्स फिल्म मनियारायिले अशोकनबाट डिजिटल डेब्यू गरिन् ।

रिपोर्टका अनुसार बुमराह र अनुपमाको विवाह यही हप्ता गोवामा हुन सक्छ । यी दुवैले एकैपटक कामबाट विदा लिएपछि उनीहरुको विवाहको चर्चा सुरु भएको थियो । बीसीसीआइले बुमराह केही समय विदामा रहने घोषणा गरेको केही दिनमै अनुपमाले पनि इन्स्टाग्राममा ‘ह्याप्पी होलिडे टु मी’ पोस्ट गरेकी थिइन् । यसअघि २०२० मा पनि बुमराह र अनुपमा साथमा रहेको चर्चा थियो । त्यतिबेला अनुपमाले आफूले बुमराह एक क्रिकेटर हुन् भन्ने बाहेक उनको बारेमा अरु थाहा नभएको र आफूले व्यक्तिगत रुपमा बुमराहलाई नचिन्ने बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *