आमा कहाँ छिन् भनेर सोध्दा नबताएपछि पिताले आफ्नै छोरीलाई २० गोली हानिदिए

डिसी नेपाल
२२ फागुन २०७७ १२:१८

काठमाडौं। एक पिताले आफ्नी छोरीसँग उनकी आमा कहाँ छिन् भनेर सोधेका थिए । तर, छोरीले आमाको ठेगाना बताइनन् । त्यसपछि रिसाएका पिताले छोरीलाई २० गोली हानेर मारिदिएका छन् । पिताले छोरीलाई पहिले कारले ठक्कर दिए त्यसपछि छोरीलाई २० गोली हानेका थिए ।

टर्कीमा भएको यो घटनामा ६९ वर्षका मुस्तफा अली यिलमाजलाई पुलिसले पक्राउ गरेको छ । मुस्तफाकी २८ वर्षकी छोरी जनरल प्राक्टिसनर गुलनुर यिलमाज आफ्ना २ साथीहरुसँग बालिकेसरको एन्ताल्यामा परीक्षा दिनको लागि जाँदै थिइन् । तर, उनका पितालाई उनी कहाँ छिन् भन्ने राम्रोसँग थाहा थियो किनकि उनले छोरीको कारमा जीपीएस डिभाइस जडान गरेका थिए ।

कारमा गइरहेकी छोरीलाई मुस्तफाले अर्को गाडीले ठक्कर दिए त्यसपछि कारबाट तान्दै बाहिर निकाले । छोरीलाई बाहिर निकालेर उनले २० गोली हाने । द सनको रिपोर्टअनुसार यीमध्ये ११ वटा गोली गुलनुरको टाउकोमा लागेका थिए । गोली हानेपछि घटनास्थलबाट फरार भएका मुस्तफालाई पुलिसले बन्दुकसहित पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *