स्कुल पठाएको रिसमा किशोरले मातापिता र बहिनीलाई बञ्चरोले हानेर मारिदिए

डिसी नेपाल
२२ फागुन २०७७ १५:२८

काठमाडौं। एक किशोर स्कुल जान चाहँदैनथे तर परिवारले स्कुल जान कर गरेपछि उनले आफ्ना मातापिता र बहिनीलाई बञ्चरोले हानेर मारिदिए । १७ वर्षका वादिम गोर्बुनोभले पहिले आफ्नी आमा र १२ वर्षकी बहिनीलाई मारे । त्यसपछि उनले पितालाई पनि त्यही बञ्चरोले हानेर मारे । हत्यापछि उनले पिताको अनुहार पूरै बिगारे र पिताको शवलाई आफ्नो कपडा लगाइदिए ताकि प्रहरीलाई झुक्याउन सकियोस् ।

अनुसन्धानको सुरुमा पुलिसकर्मीहरुले ती किशोरका पिता ४० वर्षका अलेक्सेइ गोर्बुनोभ हत्यारा भएको मानेर उनलाई तत्काल खोजी गर्न नोटिस जारी गरेका थिए । तर, पछि फरेन्सिक विशेषज्ञहरुले क्षतविक्षत पारिएको शव खासमा ती किशोरका पिताको भएको पत्ता लगाए । त्यसपछि ती किशोरलाई पक्राउ गर्न नोटिस जारी गरिएको थियो ।

द सनको रिपोर्टअनुसार रुसी अनुसन्धान समितिले बताएअनुसार अलेक्सेइको अनुहार पूरै क्षतविक्षत पारिएको थियो । किशोरकी आमा गुल्या गोर्बुनोभा र बहिनी युलियाको शव रुसको ओक्त्याब्रिस्कमा रहेको घरमा फेला परेको थियो । वादिमलाई घटनास्थलबाट २ सय २५ माइल टाढा एकातेरिनबर्गबाट पक्राउ गरिएको छ । वादिमले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ ।

वादिमले यो सबै घटना आफूले स्कुल जान्न भनेपछि भएको बताएका छन् । आफ्नी आमाले स्कुल पठाउन जिद्दी गरेपछि झगडा सुरु भएको उनले बताए । रिपोर्टका अनुसार यी किशोर पढाइमा अत्यन्तै तीक्ष्ण थिए र उनी आफ्नो कक्षाको गणित पढाइदेखि सन्तुष्ट थिएनन् त्यसैले उनले कक्षा पनि साटेका थिए । छिमेकीका अनुसार यो परिवार मैत्रीपूर्ण थियो र वादिमले बहिनीको सधैं ख्याल गर्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *