आफ्नो पार्टीमा आउन विप्लवलाई प्रचण्डको अफर

डिसी नेपाल
२२ फागुन २०७७ १५:५२

काठमाडौं। भूमिगत राजनीतिबाट शुक्रबारमात्र शान्तिपूर्ण राजनीतिमा फर्केका नेकपा महासचिब नेत्रविक्रम चन्द विप्लवलाई नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीमा आउन अफर गरेका छन्।

शनिबार पार्टी कार्यालय पेरिस डाँडामा पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव आफूले कोरोको गोरेटोमा आएको टिप्पणीसमेत गरे। उनले विप्लव आफूले कोरोको गोरेटोमा आएको भन्दै धन्यवादसमेत दिए। उनले विप्लवलाई आफूले जति कसैले नबुझेको दावी गर्दै छिटै स्वागत गर्न आतुर रहेको बताए।

विप्लव कुनै बेला प्रचण्ड नेतृत्वको माओवादीमा थिए। मोहन वैद्य किरणले प्रचण्डसँग छुट्टिएर अलग्गै पार्टी बनाएपछि विप्लव वैद्यसँगै गएका थिए। पछि वैद्यसँग पनि छुट्टिएर विप्लवले जनवादी क्रान्ति गर्ने भन्दै सशस्त्र विद्रोहको शुरुआत गरेका थिए। त्यसपछि सरकारले विप्लव समूहमाथि प्रतिबन्धसमेत लगाएको थियो।

प्रतिबन्धित रहेकै अवस्थामा सरकारसँग भएको वार्तामा विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउने सहमित जनाएसँगै विप्लप शनिबार काठमाडौंमा सार्वजनिक भएका थिए। सरकार र विप्लव समूहबीच तीन बुँदे सहमितसमेत भएको छ। सहमित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले कम्युनिष्टहरु सँधै विद्रोहमा मात्र लाग्ने नभई शान्तिदूतमा रहेको बताएका थिए। सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सम्बोधन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *