८ वर्षका बालकलाई गोहीले निल्यो, पेट चिरेर बाहिर निकालियो

डिसी नेपाल
२२ फागुन २०७७ १६:०६

काठमाडौं। ८ वर्षका एक बालकलाई गोहीले निलेपछि उक्त गोहीको पेट चिरेर बालकको शरीर बाहिर निकालिएको छ । इण्डोनेसियामा भएको यो घटनामा बालकलाई निल्ने गोहीलाई समातेर उसको पेट चिरेर बालकको शवलाई बाहिर निकालिएको हो ।

द सनको रिपोर्टअनुसार मृत बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मार्न गएका थिए । यही क्रममा यो घटना भएको हो । अचानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो । इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घटना भएको रिपोर्टमा जनाइएको छ ।

आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए । उनले गोहीको पिछा गरेका थिए । पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हानेर छोरालाई बचाउने प्रयास गरेका थिए तर उनी असफल भए ।

घटनाको भोलिपल्ट गोहीलाई समातिएको थियो । गोहीलाई समातेपछि उसको पेट चिरेर बच्चाको शव बाहिर निकालिएको थियो । यसको केही हप्ता पहिले पनि इण्डोनेसियामा एक बालकलाई गोहीले मारेको थियो जसको शव अहिलेसम्म बरामद हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *