थप ४७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८ सय १७

डिसी नेपाल
२२ फागुन २०७७ १६:२२

काठमाडौं । शनिबार नेपालमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा ६२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ८८ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *