४० रुपैयाँको लगानी १ हप्तामै ८० लाख रुपैयाँ ! मजदुर आत्तिएर प्रहरी गुहार्न पुगे

डिसी नेपाल
२२ फागुन २०७७ १७:१०

काठमाडौं। ४० रुपैयाँ खर्च गरेको एक हप्तामै त्यसले ८० लाख रुपैयाँ प्रतिफल दिएपछि एक जना मजदुरको होसहवास उड्यो । उनी आत्तिएर प्रहरी गुहार्न पुगे । ती निर्माण मजदुरलाई सपनामा पनि आफू यति धेरै धनराशीको मालिक बन्छु भन्ने लागेको थिएन तर उनलाई भाग्यले साथ दियो । भारतको पश्चिम बंगाल घर भइ केरल राज्यको तिरुवनन्तपुरममा मजदुरी गर्ने प्रतिभा मण्डल नामका ती मजदुरलाई केरल राज्यले संचालन गर्ने कारुन्य प्लस लट्रीको पहिलो पुरस्कार परेको हो । पहिलो पुरस्कार ८० लाख रुपैयाँको छ ।

टाइम्स नावका अनुसार यी निर्माण मजदुर विगत ४ वर्षदेखि केरलमा बस्दै आएका छन् । उनले स्थानीय मिडियालाई बताएअनुसार उनले लट्रीको टिकट केवल रमाइलोका लागि किन्दै आएका थिए र यसबाट कुनै अपेक्षा गरेका थिएनन् । तर, गत बिहीबार एक एजेन्टले उनलाई यस्तो खबर दिए कि उनको होसहवास उड्यो । एजेन्टले उनलाई ८० लाखको लट्री परेको खबर दिएपछि उनी आत्तिदै बाहिर निस्किए र अटोरिक्शा लिएर तिरुवनन्तपुरमको पुजाप्पुरा पुलिस स्टेशनमा सहयोग माग्न पुगेका थिए ।

केरलामा अन्य राज्यबाट आएका आप्रवासी मजदुरसँग त्यस राज्यमा बैंक खाता नहुने भएकोले उनी सहयोग माग्न पुगेका थिए । पुलिसले पनि उनलाई उनले जितेको पैसा पाउने कुरा सुनिश्चित गरिदिने विश्वास दिलायो । त्यसपछि पुलिसले उनलाई काम लगाउने रोजगारदातालाई उनको नाममा बैंक खाता खोलिदिने व्यवस्था गर्न भन्यो । उनले त्यो पैसाले आफ्ना एकमात्र छोरासँग बस्नको लागि घर बनाउने बताएका छन् । उनकी पत्नीले उनलाई ३ वर्षअघि छाडेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *