देवरको बिहेमा आफ्नोमा भन्दा धेरै गहना किनिएपछि भाउजुले ३ छोरासहित विष पिइन्

डिसी नेपाल
२२ फागुन २०७७ १७:३९

काठमाडौं। देवरको बिहेमा आफ्नो बिहेमा भन्दा धेरै गहना किनिएको रिसमा एक महिलाले आफ्ना तीन जना छोराहरुलाई विष खुवाएर आफूले पनि विष खाइन् । बुधबार राती विष पिएकी यी महिला र उनका एक छोराको मृत्यु भएको छ । अन्य २ छोराहरुको जीवन भने बाँचेको छ ।

हिन्दूस्तान दैनिकका अनुसार भारतको उत्तर प्रदेशको देवरियाकी ३२ वर्षकी रंगीता देवीका देवर अम्बुजको बिहे हुने तय भइसकेको छ । यसको लागि १० दिन पहिले गहना किनिएको थियो । रंगीता देवीलाई बिहेमा जति गहना दिइएको थियो त्यो भन्दा अहिले कानको टपहरु बढी किनिएको थियो । यो कुरा मन नपरेपछि रंगीताले सासुलाई धेरै कुरा भनिन् र परिवारका अन्य सदस्यसँग पनि बोल्न छोडिन् । परिवारका अनुसार उनले सासुलाई पाठ सिकाउने पनि बताएकी थिइन् ।

बुधबार राती खाना खाएपछि उनी छोराहरु लिएर सुत्न गइन् । राती उनले पतिलाई फोन गरेर देउरानीको लागि किनिएका गहनाबारे कुरा पनि गरेकी थिइन् । उनले पतिसँग आफ्नो लागि मंगलसूत्रको माग पनि गरेकी थिइन् । पतिले पनि भाइको बिहेपछि मंगलसूत्र बनाइदिने बताएका थिए । तर, यही रिसमा उनले किटनाशकको घोल बनाएर छोराहरुलाई खुवाएर आफूले पनि पिइन् ।

रंगीतासहित उनका छोराहरु १० वर्षमा जयराज, ६ वर्षका शिवराज र ५ वर्षका रामराजको हालत बिग्रिएपछि परिवारले उनीहरुलाई अस्पताल लगेका थिए । बरहज स्वासथ्य केन्द्र पुग्दा रंगीताको मृत्यु भइसकेको थियो । तीन छोराहरुलाई जिल्ला अस्पताल रिफर गरिएकोमा माइला छोरा शिवराजको पनि मृत्यु भयो । अन्य दुई छोराहरुलाई भने स्वासथ्यमा सुधारपछि डिस्चार्ज गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *