मान्छे चढेको घोडालाई नै जुरुक्क उचालेर काँधमा हालेर दौडिएपछि…

डिसी नेपाल
२३ फागुन २०७७ ११:२९

काठमाडौं। केही मानिसहरुलाई घोडा चढ्ने सोख हुन्छ । केही मानिसहरु ऊँटमा चढ्न रुचाउँछन् । जनावरमाथि मानिस चढ्नु एउटा कुरा हो तर के त्यही जनावरलाई मानिसले बोक्न सक्लान् ? घोडा, ऊँट जस्ता जनावरलाई मानिसले बोक्न सक्छन् भन्नु पत्याउन समिने कुरा होइन । तर, एक जना मानिस भने घोडालाई नै बोकेर दौडिन सक्छन् । घोडामात्र होइन उनी घोडामाथि मान्छे चढाएर पनि घोडालाई बोक्न सक्छन् ।

यी व्यक्तिको नाम दमित्री खालाद्जी हो । दमित्री युक्रेनका हुन् । उनी यतिसम्म बलिया छन् कि उनले एउटै हातले धेरै असम्भव लाग्ने काम गरेका छन् । पछिल्लो समय दमित्रीले मान्छे चढेको घोडालाई काँधमा बोकेपछि उनका तस्वीर र भिडियो सामाजिक संजालमा चर्चामा छन् । दमित्रीलाई विश्वका सबैभन्दा बलिया व्यक्तिमध्येमा गनिन्छ ।

दमित्रीले ६० पटकसम्म गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम लेखाइसकेका छन् । उनले आफ्नो दाँतले मोटो फलामको रड पनि बङ्ग्याउन सक्छन् । उनले पहिले सर्कसमा काम गर्थे । उनले हाफ्नो हातले १५२ किलो तौल उठाउन सक्छन् । दमित्रीले आफ्नो शरीरमाथिबाट यात्रु चढेको गाडी गुडाउन सक्छन् । दमित्रीले घोडा मात्र नभइ अन्य विशाल जनावर पनि उठाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *