नेकपाका दुवै समूहलाई सत्ता पक्षको एउटै लाइनमा बस्ने व्यवस्था

डिसी नेपाल
२३ फागुन २०७७ १२:३०
220
Shares

काठमाडौं। संघीय संसद सचिवालयले नेकपा दुवै समूहलाई सत्ता पक्षको एउटै लाइनमा बस्ने प्रवन्ध मिलाएको छ। आज बस्ने प्रतिनिधिसभा बैठकका लाग सचिवालयले नेकपाका दुवै समूहलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

पत्रकार सम्मेलन गर्दै प्रवक्ता पाण्डेले नेकपाका दुवै समूहलाई सत्ता पक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्। यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहले आफूलाई प्रतिपक्षको लाइनमा बस्ने व्यवस्था मिलाउन सचिवालयलाई दबाव दिएको थियो।

तर सचिवालयले कानुनी रुपमा नेकपा एउटै दल रहेको भन्दै दुवै समूहलाई सत्ता पक्षको लाइनमा बस्ने व्यवस्था मिलाएको हो। यसैगरी सचिलायले संसद बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *