विवाहेतर यौन सम्बन्ध राखेको आरोपमा ४ जोडीलाई २०–२० कोर्रा, तस्वीरहरु हेर्नुहोस्

डिसी नेपाल
२४ फागुन २०७७ १६:०९

काठमाडौं। इन्डोनेसियामा विवाहेतर यौन सम्बन्ध राखेको आरोपमा चार जोडीलाई २०–२० कोर्रा लगाइएको छ। सोमबार शरिया कानुनद्वारा शासित अति रूढिवादी आसेह प्रान्तमा ती पुरुष तथा महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा लगाइयो । कोरोनाभाइरस महामारीको बावजुद यो क्रुर सजाय दिइएको हेर्न भीड जम्मा भएको थियो ।

थुप्रैले आफ्नो फोनमा फोटो तथा भिडियोहरू खिचेका थिए । अनुहारमा मास्क लगाएका ती जोडीहरूलाई कोर्रा लगाउनुअघि चिकित्सा अधिकारीहरूले जाँचे र हतकडी लगाएर कोर्रा लगाइने ठाउँसम्म लगिएको थियो । अनुहार ढाकेका एक अधिकारीले उनीहरुलाई कोर्राको सजाय दिए ।

आसेह विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुस्लिम–बहुल देशको एक मात्र प्रान्त हो जहाँ इस्लामी कानून लागू गरिएको छ । आसेहका ५० लाख बासिन्दाहरूमध्ये ९८ प्रतिशत मुसलमान हुन् । सन् २००१ मा विशेष स्वायत्तता प्रदान गरिएपछि आसेहले शरिया कानुनलाई अपनाएको थियो । यो लामो समयसम्म चलिरहेको पृथकवादी विद्रोहलाई रोक्न केन्द्रीय सरकारले गरेको प्रयास थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *