समृद्धिको लागि आन्तरिक र बाह्य लगानी आर्कषण अनिवार्य -वरिष्ठ उपाध्यक्ष ढकाल

डिसी नेपाल
२४ फागुन २०७७ १७:२४

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सहकार्यविना देशको समृद्धि असम्भव रहेको बताएका छन्। सोमबार उद्योग वाणिज्य सघको चितवनको ५४ औं वार्षिक साधारणसभामा बोल्दै ढकालले यस्तो बताएका हुन्।

उनले देशको समृद्धिको लागि आन्तरिक तथा बाह्य लगानीलाई आकर्षण गर्नु अनिवार्य रहेको बताए। सरकारले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याएमा देशमा प्रशस्त लगानीको वातावरण सिर्जना हुने उनको बताए। सरकारले उद्योगी व्यवसायीमैत्री वातावरण सिर्जना गर्दैन तबसम्म समृद्धि असम्भव छ रहेको उनको भनाईछ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रले प्रमुख भूमिका रहेको उल्लेख गर्दै उनले विदेशी लगानीलाई आकर्षण गरे देशको कर संकलनमा वृद्धि, रोजगारी सिर्जनाबाट देशको समृद्धिमा टेवा पुग्ने बताए।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले हरेक परिस्थितिमा आफूहरुले व्यवसायिक संस्थासँग मिलेर काम गर्दै आएको बताइन्। कोरोना कहरको बेला महानगरले उद्योगी व्यवसायीलाई करमा विशेष छुट दिएको भन्दै उनले आफूहरु निजी क्षेत्रसँग सहकार्य गर्दै भरतपुरलाई नमुना महानगररुपमा विकास गर्न चाहेको बताइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *