नेप्से ओरालो लाग्न रोकिएन, मंगलबार २३ अंकले घट्यो

डिसी नेपाल
२५ फागुन २०७७ १५:५५

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा २३ दशमलव २२ अंकले ओरालो लागेको छ।

आज कारोबारको सुरुवातबाटै ओरालो लागेको नेप्से परिसुचक २४ सय ६१ दशमलव ८८ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको बजारमा १३ उपसमुहमध्ये होटल समुह र हाइड्रोपावर र म्यूचुअल फण्ड समुहमा भने लगानीकर्ता आकर्षण देखिएको छ। यो तीन समूहमा हरियाली भए पनि अन्य सबै समुह राताम्मे देखिए।
यस दिन ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँमा २ सय १० कम्पनीका १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन सबैभन्दा बढी कमाउने कम्पनीमा हिमालय ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, रैराङ हाइड्रो पावर, युनाइटेड फाइनान्स कम्पनी छन् । यी कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *