अमेरिकी राष्ट्रपति बाइडेनका कुकुर ह्वाइट हाउसबाट निष्काशित

डिसी नेपाल
२५ फागुन २०७७ १७:४४
2.4k
Shares

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पालेका दुई कुकुरमध्ये एउटाले एक सुरक्षाकर्मीलाई टोकेपछि दुवैलाई ह्वाइट हाउसबाट हटाइएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ती दुई कुकुरलाई बाइडेनको डेलवेअरस्थित घरमा पठाइएको छ। मेजर नाम गरेको कुकुरले ह्वाइट हाउसका एक कर्मचारीलाई टोकेपछि यो निर्णय लिइएको बताइएको छ।

बाइडेनले मेजरलाई सन् २०१८ देखि पाल्न थालेका थिए। तीन वर्षीय उक्त कुकुर पशुगृहबाट उद्धार गई ह्वाइट हाउस पुग्ने पहिलो कुकुर थियो। च्याम्प नामक अर्को कुकुर १३ वर्षको छ। ती दुवै जर्मन शेफर्ड जातका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *