ह्यारी र मेगनका आरोपबारे दरबार चुप

डिसी नेपाल
२५ फागुन २०७७ १८:०३
216
Shares

बीबीसी । राजकुमार ह्यारी र मेगनको अन्तर्वार्ताबारे ब्रिटिस राजपरिवारका सदस्यहरूबीच छलफल भएको भनिए पनि राजदरबारले अहिलेसम्म केही बोलेको छैन।

ह्यारी र मेगनले भनेका केही कुराहरूमा दरबारप्रति केही गम्भीर आरोपहरू पनि छन्। उनीहरूले छोराको छालाको रङ्गका बारेमा पनि प्रश्न गरिएको बताएका छन् जुन अन्तर्वार्ताकार ओप्रा विन्फ्रेका अनुसार महारानी वा राजकुमार फिलिपले गरेको होइनन्।

अमेरिकी राष्ट्रपति जो बाइडनकी प्रवक्ताले आफ्नो मानसिक स्वास्थ्यका बारेमा सार्वजनिक रूपमा बोल्न सक्ने सबैको प्रशंसा गरेकी छन्। ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पीसाकीले ३६ वर्षीय ह्यारी र ३९ वर्षीया मेगनलाई आफ्नो सङ्घर्षको कथा बाँडेका नागरिकहरू भनेकी छन्।बीबीसीका शाही संवाददाता जोनी डाइमण्डले दरबारको नबोल्ने रणनीतिले चुनौती सामना गर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *