कोरोना सम्बन्धमा डिजिटल सर्टिफिकेट दिने पहिलो देश बन्यो चीन
काठमाडौं । चीनले कोरोनाको खोप लाएनलाएको जानकारी दिन नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। अन्य देशहरुले ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेका बेला चीन डिजिटल सर्टिफिकेट दिने पहिलो देश भएको छ।
कोरोना खोपको अवस्था, भाइरस परीक्षण नतिजा उक्त सर्टिफिकेटमा समाबेस गरिने छ। यो सर्टिफिकेट चीनको सामाजिक सञ्चाल विच्याटमा उपलबध हुनेछ। चीनको विदेश मन्त्रालयले यो सर्टिफिकेटलले विश्वव्यापी आर्थिक पुनर्उत्थान तथा अन्तर्राष्ट्रिय यात्रालाई सहज पार्ने जनाएको छ।
अमेरिका र बेलायत पनि समान प्रकारका सर्टिफिकेट जारी गर्ने तयारीमा छन्। यसैगरी युरोपेली संघले संघभित्र र बाहिर यात्रा गर्दा प्रयोग गर्ने हिसाबले ‘ग्रिन पास’ को व्यवस्था गर्न लागेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment