थप १०४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९ सय – Dcnepal

थप १०४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९ सय

काठमाडौं । बुधबार नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो