पशुपतिमा बाबाहरुको चहलपहल (फोटोफिचर)
काठमाडौं। महाशिवरात्रीको पूर्व सन्ध्यामा पशुपति क्षेत्रमा बाबाहरुको चहल पहल बढेको छ। भारतलगायत विभिन्न देशका बाबाहरु पशुपति आइपुगेका छन्। पशुपति क्षेत्रमा विभिन्न स्थानमा अखडा बनाएर बाबाहरु बसिरहेका छन्।

नागा बाबादेखि जोगी, सन्यासीहरु पशुपति क्षेत्रमा देखिएका छन्। महाशिवरात्रीका अवसरमा दक्षिणी छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा बाबाहरु आउने गर्छन्। यो पटक पनि कोरोना महामारीको प्रभाव परेपनि बाबाहरु उल्लेख्य संख्यामा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शिवरात्रीपछि पशुपति क्षेत्र विकास कोषले बाबाहरुलाई दानदक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ।






















No ads found for this position
प्रतिक्रिया


Facebook Comment