पुनःस्थापित एमालेमा केपी ओली झन् ढुक्क, झनै बलियो

मदन कोइराला
२८ फागुन २०७७ १२:५२

काठमाडौं। प्रचण्ड नेपाल समूहबाट चेपुवा पर्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिभसा विघटन गर्ने निर्णयमा पुग्नु अगाडि विश्वासपात्र र सचिवालयका कसैसँग पनि आफ्नो भावी योजना बताएनन् । संसद विघटनको प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरिनन् भने कस्तो अवस्था आउला भन्नेमा उनलाई कुनै चिन्ता थिएन।

ओलीले अघिल्लो दिन राष्ट्रपतिसँगको भेटमा सबै कुरा मिलाइसकेर आफ्ना कदम चालेका हुन् भनिएपनि विघटन जस्तो असंवैधानिक कदममा भलै राष्ट्रपतिले बिचार बिमर्श गर्न सक्थिन् तर त्यसो हुँदैन भन्नेमा प्रधानमन्त्री ओली ढुक्कै थिए। संघीय संसद विघटन गर्ने कदम गलत र असंवैधानिक दुबै थियो।

तथापि तर्क, तथ्य र जवर्जस्ती सबैकुरामा जित्न रुचाउने ओलीमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदमलाई सदर गर्छ भन्ने गज्जवको आत्मविश्वास देखिन्थ्यो। लामो बहसपछि सर्वोच्चले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दा समेत ओलीले घुमाउरो पारामा त्यसलाई चुनौती दिइरहे।

अदालतको काम निर्णय गर्ने हो हामीले उसको निर्णयको सम्मान र पालना गर्छु भनेपनि आफ्नो कदम गलत थियो भनेर ओलीले अहिलेसम्म स्विकारेका छैनन्। प्रतिनिधिसभा विघटन गरेसँगै दुई समूहमा विभाजित भएको नेकपाको अर्को समूह आन्दोलनमा होमिदा ओली समूह भने देशव्यापी रुपमा कार्यकर्ताको मनोभावना बुझ्न सक्रिय थियो। यसका लागि उनीहरुले देश दौडाहा गरे।

ओली बिरोधी समूह भनेर चिनिएका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित केपी ओली अब एमाले भएका छन्। एमालेमै भएपछि संसद र सत्ता दुबैतीर ओली शक्तिशाली बनेका छन्। चुनाव जितेर एमालेको अध्यक्ष भएका ओलीले अहिलेसम्म उनको बिरोधी समूहमा लागेर चर्को आलोचना गरिरहेका तर सर्वोच्चको फैसलापछि नुर गिरेका नेपाल, खनाल, रावल लगायतका नेताहरुसँग सम्वाद शुरु गरेका छैनन्। उल्टै आफ्नो समूहका नेताहरुले नेपाल खनाल पक्षले आत्मालोचना गर्नुपर्ने आवाज जोडतोडले उठाइरहेका छन्।

नेता कार्यकर्ताको मनोभावना बुझ्न कोशिस गरे। दौडाहाबाट फर्किएपछि बालुवाटारमा भएको अनौपचारिक छलफलले जनताले निर्वाचन चाहेको र आफ्नो पक्षमा जनता र कार्यकर्ताको ठूलो पंक्ति रहेको निष्कर्ष निकाल्यो। यसबीचमा उनले आफ्नो कदमको बिरोधमा उभिएका नेता तथा कार्यकर्तालाई हदैसम्मको व्यंगमात्र गरेनन्, समकक्षी नेताहरुलाई अपमान गर्नसमेत पछि परेनन्।

अदालतमा बिचाराधीन वहस र वहस गर्ने वकिललाई समेत कटाक्ष गर्न भ्याए। र पनि ओली रोकिएनन्। देशका विभिन्न स्थानमा विशाल जनसभा गर्न थाले। उनको समूहले आफ्नो पक्षमा जनमत रहेको भन्दै विरोधलाई काउन्टर दिन थाल्यो। तर संसद विघटन गरेको तीन महिनाको अन्तिमतिर आउँदा ओली समूहका रक्षात्मक बनिसकेको थियो।

अझ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि त राजनीतिक वृतमा ओलीको भविष्यको बारेमा चिन्ता व्यक्त हुन थाल्यो। ओली निकट स्रोतका अनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दैछ भन्ने प्रधानमन्त्री ओलीलाई फागुन नौ गते आइतबार थाहा भएको थियो।

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थपाना गरेपछि हौसिएको प्रचण्ड-माधव नेपाल समूह भने निर्वाचन आयोगले आधिकारिकता पनि आफूलाई नै दिनेमा ढुक्क देखिएका थिए। तर निर्वाचन आयोग अल्मलिइरहेको बेलामा नेकपाको भविष्यलाई चुनौती दिँदै सर्वोच्च अदालत फागुन २३ गते ऋषि कट्टेलको नाममा रहेको नेकपालाई मान्यता दियो। यो फैसलासँग एकता अघिका नेकपा एमाले र माओवादी केन्द्र पुनर्जिवित भए।

एकपछि अर्को निर्णय र असहिष्णु बोलीले आलोचनाको केन्द्र र सत्ता राजनीतिमा कमजोर देखिन थालेका ओलीलाई त्यस फैसलाले प्राण थपिदियो। रक्षात्मक अवस्थमा पुगेका ओली त्यसपछि राजनीतिको केन्द्रमा छाएका छन्। ओली बिरोधी समूह भनेर चिनिएका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित केपी ओली अब एमाले भएका छन्।

एमालेमै भएपछि संसद र सत्ता दुबैतीर ओली शक्तिशाली बनेका छन्। चुनाव जितेर एमालेको अध्यक्ष भएका ओलीले अहिलेसम्म उनको बिरोधी समूहमा लागेर चर्को आलोचना गरिरहेका तर सर्वोच्चको फैसलापछि नुर गिरेका नेपाल, खनाल, रावल लगायतका नेताहरुसँग सम्वाद शुरु गरेका छैनन्। उल्टै आफ्नो समूहका नेताहरुले नेपाल खनाल पक्षले आत्मालोचना गर्नुपर्ने आवाज जोडतोडले उठाइरहेका छन्।

यसले आगामी दिनमा एमालेभित्र अर्को पक्षका लागि केपी ओलीले लिन सक्ने संभावित रणनीति र उनको शक्ति अभ्यासको शैलीलाई संकेत गर्दछ। एमाले र माओवादी पूर्ववत् अवस्थमा फर्किएपछि सरकार अल्पमतमा पर्ने संभावना छ। यद्यपी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन। पाँच वर्षका लागि निर्वाचित बनेका ओलीले तीन वर्ष पूरा गरिसकेका छन्।

पछिल्ला दिनमा उनका गतिबिधिले अब बाँकी दुई वर्षे कार्यकाल पनि आफैं पूरा गर्ने गरी अगाडि बढ्ने संकेत गरेका छन्। त्यसका लागि उनले मधेस केन्द्रित दलका नेतासँग छलफल अगाडि बढाएका छन् र छलफल सकारात्मक भएको नेताहरुले बताएका छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिइसकेको, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारमा जान हतारो नगरेको र आफूहरुको माग सम्वोधन भए सरकारलाई समर्थन गर्न सकिने जसपाको निर्णयसँगै प्रधानमन्त्री ओली ढुक्क देखिएका छन्।

त्यसमाथि संसदीयदलमा ओलीको स्पष्ट बहुमत छ । हारेर पनि जितेजस्तो देखिएका केपी ओली अहिलेको अबस्थामा एमालेका सबै नेता र कार्यकर्तालाई समेटेर अगाडि बढ्लान् भन्ने अपेक्षा गर्नु नै गलत हुने उनी निकट नेता तथा विश्लेषकहरुको अनुमान छ।

अनुमानमा सत्यता किनछ भने हिजो नेकपामा रहँदा ओलीले आफूलाई नेपाल र दाहाल समूहले चेपुवामा पारेको अनुभव राम्ररी बटुलेका छन्। एकता अघिको एमालेमा पनि ओली उच्च नेतृत्वको पेलाइमा परेका नेता हुन्।

त्यसैले उनलाई नेतृत्वले फरक बिचार र शैलीमाथि गर्ने अपमान र हेपाइको राम्रो अनुभव छ। त्यसैले घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै पछिल्लो समय आफ्नै बोली र व्यवहारबाट आलोचित र कमजोर बनेका ओलीलाई समयले एकपटक फेरी शक्तिशाली बनाइदिएको छ। जुन शक्ति उनी ढुक्कले उपयोग गर्ने मनस्थितिमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *