२ किलो ९ सय ग्राम विस्फोटक पदार्थसहित ४ जना पक्राउ
काठमाडौं। प्रहरीले राजधानी काठमाडौंबाट ४ जनालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ। प्रहरीले शुक्रबार राजधानी काठमाडौंको बौद्धबाट २ किलो ९ सय ग्राम विस्फोटक पदार्थसहित ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी आयुक्तको कार्यलय प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए।
उनीहरुले सो विस्फोटक पदार्थ कुन प्रयोजनका लागि बौद्ध ल्याएका हुन भन्ने विषय खुली नसकेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार एक व्यक्तिको घरमा २० वर्षदेखि लुकाएर राखिएको उक्त विस्फोटक पदार्थ प्रहरीले फेला पारेको हो।
विस्फोटक पदार्थलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment