नेकपा एमाले : ओली पक्षलाई चुनौति दिन नेपाल पक्षको समानान्तर कमिटी
फाइल फाेटाे
काठमाडौं । नेकपा (एमाले)को नेपाल पक्षले, ओली पक्षको कार्य विभाजनलाई चुनौति दिँदै समानान्तर कमिटी बनाउन अभ्यास थालेको छ। नयाँ बानेश्वरको अर्याल होटलमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न नेतालाई जिम्मेवारी समेत दिएको छ।
नेपाल पक्षले प्रदेश १ इन्चार्जको जिम्मेवारी भिम आचार्यलाई दिएको छ। यस्तै प्रदेश २ को घनश्याम भुषाल, वाग्मतीको अष्टलक्ष्मी शाक्य, गण्डकीको सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीको युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भीम रावललाई दिइएको छ।
यसैगरी, युवा विभाग इन्चार्जमा रघुजी पन्त, विद्यार्थी विभागको गोकर्ण विष्ट र बुद्धिजिवी विभागको इन्चार्जमा प्रमेश हमालाई जिम्मेवारी दिइएको छ। यस्तै, प्रचार- प्रशार विभागका इन्चार्जमा योगेश भट्टराई र महिला विभाग इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएकाे छ।
अधिवक्ताहरु गोविन्द बन्दी र टिकाराम भट्टराईले ओली पक्षले कारवाही गरेको सन्दर्भमा के गर्ने भनेर विभिन्न प्रावधानबारे बैठकमा जानकारी गराएका थिए।आजै नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्यसमेत आउने भएको छ।
केन्द्रीय सदस्यहरुको उक्त बैठकले सात प्रदेशका इन्चार्ज सहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment