थप ६० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

डिसी नेपाल
२९ फागुन २०७७ १६:२४

काठमाडौं । शनिबार नेपालमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा ७२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ४९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख १२ हजार ७९६ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *