विश्वभर कोरोना : २४ घण्टामा थपिए ३ लाख ५८ हजार विरामी, संक्रमितको संख्या १२ करोड बढी

डिसी नेपाल
२ चैत २०७७ ६:४४

काठमाडौं । विश्वभर  गत २४ घण्टामा ३ लाख ५८ हजार ८ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरले दिएको जानकारी अनुसार संक्रमतिको संख्या १२ करोड ४ लाख १ हजार ६ सय ६० पुगेको छ।

हालसम्म विश्वमा २६ लाख ६४ हजार ६ सय ६२ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् भने ९ कराेड ६९ लाख ४५ हजार ५ सय २२ जनाले काेराेनाकाे संक्रमण जितेका छन्। गत २४ घण्टामा मात्र ५ हजार ४ सय ८८ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ।

गत २४ घण्टामा अमेरिकामा ३६ हजार ५ सय ३५ कोरोनाका विरामी थपिएका छन्। हालसम्म अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ८१ हजार २ सय ९६ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी ५ लाख ४७ हजार २ सय २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म अमेरिकामा २ करोड २१ लाख ६८ हजार बढी निको भएका छन्।

अमेरिकापछि संक्रमित हुनेको संख्या भारतलाई उछिनेर दोस्रो नम्बरमा ब्राजिल आएको छ। ब्राजिलमा हालसम्म १ करोड १४ लाख ८३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा गत २४ घण्टामा ४४ हजार १ सय २० जना कोरोनाका संक्रमितहरु थपिएका छन्।

यस्तै, ब्राजिलमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ करोड बढी रहेको छ भने हालसम्म २ लाख ७८ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

भारतमा कोरानाबाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख ८५ हजार १ सय ५८ रहेको छ। ब्राजिलभन्दा पहिला १ करोड संक्रमितको संख्या पुगेको भारतमा पछिल्लो समय संक्रमित हुनेको दर घट्दो क्रममा छ।

गत २४ घण्टामा भारतमा २६ हजार ५ सय बढी कोरोनाका विमारीहरु थपिएका छन्। हालसम्म १ लाख ५८ हजार ७ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने १ करोड १० लाख बढी कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म अमेरिका, ब्राजिल र भारतमा करोड भन्दा बढी जनसंख्यामा कोरोनाको प्रत्यक्ष प्रभाव देखिएको छ।

यसैगरी, रसियामा हालसम्म ४३ लाख ९० हजार, यूकेमा ४२ लाख ५८ हजार, फ्रान्समा ४० लाख ७१ हजार, इटालीमा ३२ लाख २३ हजार स्पेनमा ३१ लाख ८३ हजार, टर्कीमा २८ लाख ७९ हजार, जर्मनीमा २५ लाख ७८ हजार कोलोम्बीयामा २३ लाख ३ हजार बढी कोरोनाका संक्रमित पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *