पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा पूरा नहुने, मन्त्रालयमा थन्कियो फास्ट ट्रयाकको प्रस्ताव

उपेन्द्र शाही
२ चैत २०७७ ८:२३

काठमाडौं। देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएको छ। विश्वव्यापी महाामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण निर्माणमा ढिलाई भएको आयोजना कार्यलयले बताएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले निर्धारित समयमा विमानस्थल निर्माण सम्पन्न हुन सम्भव नभएको बताएका छन्।

राष्ट्रिय गौरवका रुपमा निर्माण भइरहेको विमानस्थल निर्धारित समय भन्दा ६ महिना अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी वि.सं. २०७४ असारमा काम शुरु गरेको थियो। विमानस्थल आगामी जुलाई १० अर्थात २६ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, निर्माण सम्पन्न गर्ने समयको मात्र ३ महिना बाँकी रहँदा आयोजनाको हालसम्म ७२ प्रतिशत मात्रै प्रगति छ। यसअनुसार अबको बाँकी समयभित्र निमार्ण सम्पन्न नहुने देखिन्छ।

विमानस्थलको २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्याङ्गर लगाएतका मुख्य काम सम्पन्न भइसकेकोले अब छिटै विमानस्थल सञ्चालनमा आउने आयोजना प्रमुख मुनंक्रमी बताउँछन्।

उनले भने ‘विमानस्थलको २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्याङ्गर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग सिँचाइ नाला तथा कल्भर्ड लगाएतका मुख्य काम सम्पन्न भइसकेको छ। बाँकी रहेको काम पनि रफ्तारकासाथ भइरहेको छ।’ अहिलेको अवस्थामा काम भए सन् २०२२ को जनवरीदेखि विमानस्थल सञ्चालनमा आउनेमा कुनै आशंका नरहेको उनको भनाइ छ।

‘फिनिसिङको चरण बाँकी रहेको छ भने बाउन्ड्री फिनिसिङको काम पनि भई रहेको छ। ल्याण्डफिल साइट स्थानान्तरण, फ्यूल स्टेसन निर्माण, भलबाढी निकास, डाँडा कटानलगायत समस्याको रुपमा रहेको छ।’

‘हालसम्म ७२ प्रतिशत काम सकियो।’ उनले भने ‘अब बाँकी २८ प्रतिशत मध्ये १० प्रतिशत निर्माण सम्बन्धी र १८ प्रतिशत भनेको इकयुपमेन्ट जडानसम्बन्धी काम बाँकी छ। यसको लागि करिव ४ देखि ६ महिना लाग्छ।’ हाल टर्मिनल डेकुरेसनको काम चलिरहेको बताउँदै उनले जुलाईभित्र नै एउटा टेस्ट पास गर्न लागि परेको जानकारी दिए।

मन्त्रालयमा थन्कियो फास्ट ट्र्याकको प्रस्ताव

देशकै गौरवका रुपमा रहेका सबैजसो आयोजनामा ढिलाई हुँदै आएको छ। तीनवटै तहको सरकारबीचको समन्वयको अभाव, ठेकेदारको मनोमानी, समान आयातमा समस्या, स्थानियको अवरोध लगाएतका समस्या सधैं देखिने गर्दछन्। बारम्बार दोहोरिने यस्ता समस्यालाई मध्यनजर गर्दै पछिल्लो समय फास्ट ट्र्याकको प्रस्ताव पारित गरेर यस्ता समस्याको हल गरिन्छ।

पोखरा विमानस्थलको हकमा पनि वन कटानलगाएतका यस्ता समस्या देखा परेका छन्। त्यसको लागि आयोजनाले फास्ट ट्र्याकको प्रस्ताव वन मन्त्रालय र पर्यटन मन्त्रालयमा पठाएको छ। तर, उक्त प्रस्ताव मन्त्रालयबाट पारित हुन ढिलाई हुँदा आयोजना निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ। प्रस्ताव समयमै पारित नहुँदा पनि विमानस्थल निर्माणमा ढिलाई भइरहेको आयोजना प्रमुख मुनंक्रमीले बताए।

‘फिनिसिङको चरण बाँकी रहेको छ भने बाउन्ड्री फिनिसिङको काम पनि भई रहेको छ। ल्याण्डफिल साइट स्थानान्तरण, फ्यूल स्टेसन निर्माण, भलबाढी निकास, डाँडा कटानलगायत समस्याको रुपमा रहेको छ।’ उनले भने ‘विमान उडानमा अवरोध हुन नदिन आयोजनास्थल नजिकैको रिठ्ठेपानीको डाँडा कटान आवश्यक छ। यसको लागि फास्ट ट्र्याकका लागि प्रस्ताव पठाएका छौँ। आशा छ चाडो भन्दा चाडो प्रस्ताव पारित हुनेछ।’ यस्तै नेपाल आयाल निगमलाई तेल डिपो निर्माणका लागि जग्गा उपलब्ध गराईएको उनले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इञ्जीनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो। विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ। इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकायो) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौताअनुसार काम भइरहेको छ। ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा ११ वटा जहाज पार्किङको क्षमता छ। निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने छ।

आयोजनाको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ भने, १२ अर्ब बढी रकम निकासा भइसकेको छ। हाल १ सय ५० जना चाइनिज कामदारहरु र ४ सय नेपाली गरि साढे ५ सय भन्दा धेरै कामदारले दैनिक रुपमा काम गरिरहेका छन्। यो विमानस्थल संचालनमा आएमा पोखराको मात्रै नभएर समग्र नेपालकै पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने पर्यटन व्यवसायीहरु बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *