सगरमाथा आरोहण गर्न नेपाल आइपुग्यो बहराइनी राजकुमारको टोली

डिसी नेपाल
२ चैत २०७७ १८:२७
828
Shares

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार नेपाल आइपुगेका छन्। सोमबार साँझ राजकुमार शेख मोहम्मद हमद मोहम्मद खलिफा नेपाल आएका हुन्। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।

निजी जेटबाट आएको टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। टोलीमा १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन्।

राजकुमार खलिफाको टोली क्वारेन्टिन बस्न होटल म्यारिट जाने कार्यक्रम रहेको यो मिसनको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार उनीहरु नेपाल सात दिन होटल क्वारेन्टिनमा बस्ने छन्। त्यसपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौं फर्केर सगरमाथा आरोहणको तयारी गरि आधार शिविर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *