एमाले एउटै हुने सम्भावना देखिएन : झाँक्री

डिसी नेपाल
२ चैत २०७७ २१:५३
1.5k
Shares

काठमाडौं। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले एक हुने सम्भावना नदेखिएको बताएकी छन्। सोमबार अबेर ट्वीट गर्दै उनले भनेकी छन्, ‘आजका दिनसम्म एमाले एक हुने सम्भावना देखिएन।’

तर नेतृ झाँक्रीले सोमबार एमाले मुख्यालय धुम्बाराहीमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफललाई सकरात्मक रुपमा लिन सकिने बताएकी छन्। उनले एमाले अस्तित्वको आधार २३ फागुनको सर्वोच्चको फैसला भएको भन्दै सोही फैसलाअनुसार २०७५ जेठ २ गतेकै अवस्थाबाट एमाले सक्रिय हुनुपर्ने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *