फागुन २८ गतेको निर्णयले पार्टीलाई विभाजनतर्फ धकेलेको नेपाल पक्षको आरोप
काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले फागुन २८ गते ओली समूहले बालुवाटारमा गरेको निर्णयले पार्टीलाई विभाजनतर्फ धकेलेको आरोप लगाएको छ।
बुधबार र बिहीबार गर्न लागिएको राष्ट्रिय भेलाको जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै माधव नेपाल समूहले फागुन २८ गते गरिएको निर्णय खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गर्न माग गरेको छ।
‘सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभइ सिंगो पार्टीको पुनःस्थापना भएकाले त्यस अनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र हामीले बलियो पार्टी निर्माण गर्न सक्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबीचमा नियतवश गरिएका पार्टी एकता विरोधी, विधान प्रतिकुल र एकलौटी कदमहरुले सृजना गरेका पार्टी एकताका चुनौतीहरुलाई एकतावद्ध रुपमा प्रतिवाद गर्दै असफल पार्न हामी आम पार्टी पंक्तिलाई आह्वान गदर्छौं।’

No ads found for this position


डिसी नेपाल
Facebook Comment