फेसबुकले अस्ट्रेलियामा न्यूज कोर्पलाई समाचारका लागि पैसा दिने
बीबीसी । फेसबुक अस्ट्रेलियामा रुपर्ट मर्डकको न्यूज कोर्पलाई स्थानीय पत्रिकाका समाचारको लागि पैसा तिर्न तयार भएको छ। अस्ट्रेलियाले सामाजिक सञ्जाललाई समाचारका लागि पैसा तिराउने विवादास्पद कानुन पारित गरेको केही सातापश्चात् दुई पक्षबीच सम्झौता भएको हो।
न्यूज कोर्पले यो सम्झौताको रकम खुलाएको छैन। उसले गत महिना गुगलसँग पनि यस्तै खालको सम्झौता गरेको थियो। यो सम्झौतामा अस्ट्रेलियामा न्यूज कोर्पले उत्पादन गर्ने सबै सामग्रीलाई समेट्छ। फेसबुकका शेयर गरिने सबै समाचारहरूमा यो सम्झौता लागु हुनेछ।
अस्ट्रेलियाको पत्रिका वितरणको कुल ७५ प्रतिशत भाग न्यूज कोर्पद्वारा सञ्चालित पत्रिकाहरूले ओगट्छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment