माधव समूहलाई भेला रोक्न चेतावनी
फाइल फाेटाे
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा चर्केको विवादका बीच वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बुधबार र बिहीबार राजधानी काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले भेला रोक्न चेतावनी दिएको छ।
महासचिब ईश्वर पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेले कुनै भेला आयोजना नगरेको भन्दै गुटगत भेला रोक्न भनेका छन्। विज्ञप्तिमा गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएको छ।
यदि भेलामा सहभागी भए कारबाही गरिने चेतावनीसमेत दिइएको छ। देशको संविधान, कानुन, विधान र संसदीय दलको विधानअनुसार कारबाही गरिने विज्ञप्तिमा चेतावनी दिइएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment