चिरनजीविद्वारा अभिनित ‘रेलको बाटो’काे लोकप्रियता बढ्दै

डिसी नेपाल
४ चैत २०७७ ११:४१
196
Shares

काठमाडौं। पछिल्लो समय अभिनयमा रमाईरहेका मोडल चिरन्जीविद्वारा अभिनित ‘रेलको बाटो’को भिडियोले यूट्युवमा चर्चा बटुल्ने क्रम बढ्दो छ। केही दिन पहिला आहा टिभि नामक यूट्युवबाट सार्वजनिक गरिएको उक्त गित ट्रेडिङ नं. ११ मा पुगेको छ।

हुम्लामा गएर भिडियो छायाङ्कन गरिएको उक्त गीतमा सुरज पण्डीतले आवाज दिएका छन्। कमल सौरागले एरेञ्जर गरेको संगित गायक पण्डीत आफैले गरेका हुन।

लेखराज गिरीले लेखेको शब्दको भिडियोमा चिरञ्जीवि सापकोटा, सरस्वति कार्की र लक्ष्मण देवकोटाले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले छायाङ्कन गरेका थिए।

काठमाडौंबाट हुम्ला पुगेर छायाङ्ककन गर्दा साह्रै दुःख भएको अनुभव कलाकार सापकोटाले सुनाए। सापकोटाका अनुसार त्यहाँको चिसो हावा र पहाडी भूभागमा छायाङ्कन गर्नु पर्ने भएका कारण छायाङ्कनमा समस्या भएको थियो।

चीनबाट आउने रेलले काठमाडौं लगायतका शहरलाई छुदै लुम्बिनी पुग्ने समाचार रेडियोमा सुनेपछि त्यहाँ खच्चडबाट समान ढुवानी गर्ने, बिरामी हुँदा डोकोमा बोक्नु पर्नेलगायतका समस्या भोगेका युवाले रेलको बाटो आउँदै छ रे तिमी बस्ने शहरैमा भनेर गीत गाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *