समर्थन फिर्ता लिएका छौं : कँडेल

डिसी नेपाल
४ चैत २०७७ १५:३०

काठमाडौं। कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ। माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेकाे ओली समूहले फिर्ता लिएँगै कर्णाली प्रदेश सरकार अल्पमतमा परेको हो। कर्णाली प्रदेश एमालेकाे ओली समूहले संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

संसदीय दलका नेता यामलाल कँडेलले बैठकपछि पत्रकार सम्मेलन गरी समर्थन फिर्ता लिएको जानकारी दिएका छन्। ४० सदस्यी कर्णाली प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो। एमालेको २० सिट छ। सत्तारुढ दल माओवादी केन्द्रको १३ सिट छ। यस्तै काँग्रेसको ६ सिट छ भने राप्रपाको एक सिट छ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य धर्मराज रेग्मी एमालेको केन्द्रीय सदस्य बनेपछि उनको पद धरापमा छ। उनको पद गए प्रदेशसभा ३९ सदस्यीय हुनेछ। यस्तो अवस्थामा एमालेको बहुमत पुग्नेछ। कँडेल एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *