इन्स्टाग्राममा फलो नगरेको व्यक्तिलाई सन्देश पठाउन नपाइने
काठमाडौं (बीबीसी) । सामाजिक सञ्जाल इन्स्टाग्रामले किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिबाट अनावश्यक सन्देशबाट बचाउन नयाँ सुरक्षा तह थपेको छ। अब १९ वर्षसम्मका किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिले सन्देश पठाउन ती किशोरकिशोरीले फलो गरेको हुनुपर्छ।
र सन्देशसँगै इन्स्टाग्रामले किशोरकिशोरीलाई आफूलाई असहज हुने कुरा भए उत्तर नदिए हुने सूचना पनि देखाउने छ। इन्स्टाग्रामको प्रयोगकर्ता बन्न कम्तीमा १३ वर्षको हुनुपर्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment