थप १०७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु – Dcnepal

थप १०७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । बिहिबार नेपालमा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार रहेको छ । पछिल्लो २४ घण्टामा ५२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख २७ हजार ५४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो