एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म

डिसी नेपाल
६ चैत २०७७ ६:३४
72
Shares

काठमाडाैं। सत्ताको बागडोर सम्हालेको एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ । पार्टीमा केपी ओली समूहले आफूहरुलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो।

नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रवैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन् । सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो। १७ बुँदे प्रस्ताव पारित गर्दै दुई दिने भेला बिहीबार सकिएको छ ।

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभर पार्टी कमिटी ब्युँताउने भएको छ । देशभरका चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरु ब्युँताउने प्रस्ताव पारित गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *