कोभिड–१९ मा काम गरेका आफ्ना बिद्यार्थी र संस्थालाई समृद्धिको सम्मान
काठमाडौं। समृद्धि कलेजले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा उदाहरणीय काम गर्ने आफ्ना विद्यार्थी र संस्थालाई सम्मानसहित प्रमाण पत्र वितरण गरेको छ। लोकन्थली भक्तपुरमा रहेको कलेजले विश्व सामाजिक दिवसको अवसर पारी महामारीको समयमा सामाजिक कार्य गर्ने विद्यार्थी र संस्थालाई संयूक्त रुपमा सम्मान गरेको हो।
हरेक वर्षको तेश्रो महिनाको तेश्रो हप्ताको तेश्रो दिन विश्व सामाजिक दिवस पर्ने गर्दछ। सोही अवसरमा कलेजर्ले हामी छौं र म छु ’ भन्ने नाराकासाथ सप्ताहव्यापी कार्यक्रम गरेको थियो।

उक्त कार्यक्रममा बोल्दै कलेजका प्राधानाध्यापक सन्दिप श्रेष्ठले सामाजिक विपत्तिको समयमा सहयोग गर्ने सबैलाई बधाई, सुभकामना र हौसला दिए। उनले उक्त कार्यक्रम सम्पन्न्न गर्ने समृद्धि सोसियाल क्लबका विद्यार्थीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।

यस्तै बिभिन्न ठाउँमा सडकमा बस्ने, दैनिक ज्यालामजदुर गर्नेहरुलाई खाना खुवाउँदै आईरहेका बिभिन्न संस्थालाई उनले आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्य गर्न उत्प्रेरणा दिए।

उनले आफ्नो ज्यानको बाजी राखी हजारौको ज्यानको लागि खाना खुवाउँने, मास्क बाढ्ने, समान पुर्याइदिने, घर पठाइदिने, लत्ता कपडा सहयोग गर्ने संस्थाहरुलाई विशेष धन्यवाद दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment