२० वर्ष उमेरकाे हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त

डिसी नेपाल
७ चैत २०७७ १४:२२
564
Shares

काठमाडौं। ४१ वर्षको जेल जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो जेलबाट छुटेका छन्। उनी शनिबार जेलबाट छुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इलाम माइ नगरपालिका लुम्बकका उनी शनिबार थुनामुक्त भएका हुन्। पश्चिम बंगालको कोलकतास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका छन्।

शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने बताइएको छ। उनले हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ। महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ। उनको मानशिक अवस्था सन्तुलनमा नरहेको समाचारमा उल्लेख छ।

२० वर्षको उमेरमा जेल परेका उनले ६१ वर्षको उमेरमा जेलबाट छुट्दै गर्दा आफू निर्दोष भएको प्रतिक्रिया दिएका छन्। उनी सन् १९८० मा एक जना महिलाको हत्या आरोपमा जेल चलान भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *