सिरिया युद्धका दश वर्ष, दश विशेष कुरा

डिसी नेपाल
७ चैत २०७७ २२:०७

दमास्कस (एजेन्सी)। ‘गएका १० वर्षमा संसारले सिरिया संघर्षका क्रममा निकै बर्बादी र रक्तपात देख्यो। सिरियाली नागरिकहरुले व्यवस्थित र ठूलो संख्यामा मानव अधिकारको उल्लंघको सामना गरे। संघर्षमा सहभागी पक्षहरुले पटक पटक अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरे। तर पनि उनीहरु कुनैपनि किसिमको सजायबाट बचिरहेका छन्।’

यो भनाइ सँयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरेसको हो। सिरिया युद्धको १० औं वार्षिकका अवसरमा उनको यो भनाइ आएको हो।

करिब १० वर्ष पहिला १५ मार्च २०११ मा सिरियाको दक्षिणी सहर डेरामा लोकतन्त्र समर्थकहरुको प्रदर्शनपछि हिंसा भड्केको थियषे। यो प्रदर्शन सिरियाका छिमेकी देशहरुमा लोकतन्त्रका लागि भएको अवर स्प्रिङको प्रभावमा भएको थियो। गुटेरेसको शब्दअनुसार यो घटना सिरियालीहरुका लागि निकै डर लाग्दो सपना बन्यो।
सिरिया सरकारले जब डेरामा प्रदर्शनकारीहरुमाथि दमन गर्यो, पूरा देशमा राष्ट्रपति बशर अल असदको राजीनामा माग गर्दै आन्दोलन चर्कियो। यसपछि आन्दोलन बढ्दै गयो र दमन पनि बढ्यो।

त्यसपछि देशमा हिंसा तिब्र रुपमा फैलियो। विपक्षका समर्थकहरुले हतियार उठाए। र यसरी सिरिया गृह युद्धमा फस्दै गयो। यसपछि देशमा हजारौं विद्रोही समूहहरु देखदा परे। यो संघर्ष राष्ट्रपति असदको पक्ष र विपक्षमा सिरियाली नागरिकबीचको युद्ध बन्न धेरै समय लागेन।

संघर्षको अन्त्य

विदेशी शक्तिहरुले पनि कुनै न कुनै समूहको पक्ष लिएर र पैसा, हतियार तथा लडाकु पठाउन शुरु गरे। यो संघर्ष त्यो बेला झन रक्तपातपूर्ण भयो जब स्लामिक स्टेट र अल कायदा जस्ता जिहादी संगठन पनि यो युद्धमा होमिए।

१० वर्षपछि पनि यो संघर्षको कुनै अन्त्य देखिएको छैन। सँयुक्त राष्ट्र संघका अनुसार यस लडाईमा हालसम्म ३ लाख ८७ हजार मानिसहरु मारिएका छन्। २०११ देखि करिब आधा जसंख्या विस्थापित भएको छ भने ६० प्रतिशत जनसंख्या गरिबीमा धकेलिएको छ। यो युद्धले सिरियाली युवाहरुको जीवन बर्बाद गरिदियो। शिक्षा र रोजगारीबाट उनीहरु बञ्चितमात्र भएनन् आफ्नो घरबार गर्न पनि पाएनन्।

सिरियाली युद्धका केही पीडादायी तथ्यांक यहाँ उल्लेख गरिएको छ।

१ पाँच लाखभन्दा धेरै मानिस मारिए वा बेपत्ता भए

बेलायतस्थित संस्था सिरियन अब्जरभेटिभ फर ह्युमन राइट्सका अनुसार मार्च, २०११ देखि डिसेम्बर २०२० सम्म लगभग ३ लाख ८७ हजार ११८ मानिस मारिएका छन्। यस मध्ये १ लाख १६ हजार ९११ आम नागरिक हुन्। यो तथ्यांकमा २ लाख ५ हजार ३ सय मानिस समावेस गरिएको छैन, जो बेपत्ता छन्।

संस्थाका अनुसार यो तथ्यांकमा जेलमा दमनबाट मारिएका ८८ हजार मानिसको संख्या पनि जोडिएको छ। यूनिसेफका अनुसार संघर्षमा १२ हजारभन्दा धेरै बालबालिका मारिएका छन्। अब्जरभेटिभका अनुसार यो संघर्षमा करिब २१ लाख मानिसहरु स्थायीरुपमा अपांग भएका छन्।

२ एक करोडभन्दा धेरै विस्थापित

संघर्ष शुरु हुनुभन्दा पहिलाको सिरियाको जनंख्या २.२ करोड मध्ये आधाभन्दा धेरैले आफ्नो घर छोड्नु परेको छ। राष्ट्र संघको शरणार्थी संस्था यूएनएचसीआरका अनुसार यस मध्ये ६७ लाख मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका छन् भने ५६ लाख मानिसहरु अन्य देशमा विस्थापित भएका छन्। यस मध्ये ९३ प्रतिशतले लेबनान, जोर्डन र टर्कीमा शरण लिएका छन्। यसलाई मानव इतिहासको सबैभन्दा ठूलो शरणार्थी समस्या भनिएको छ। अवस्था यस्तो छ कि हालसम्म १० लाख सिरियाली बालबालिका देशभन्दा बाहिर जन्मिएका छन्।

३ देशको ९० प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि

राष्ट्र संघको अनुमान अनुसार यो संघर्षका कारण सिरियामा २० लाखभन्दा धेरै मानिसहरु दयनीय गरिबीको अवस्थामा छन्।

४ डेढ करोड मानिसलाई मानवीय सहयोगको आवश्यकता

राष्ट्र संघका अनुसार करिब ६० लाख मानिसहरु आफ्नो आधारभुत आवश्यक पूरा गर्न असक्षम छन्। यूनिसेफले बालबालिकाको अवस्था सबैभन्दा खराब रहेको जनाएको छ। ती मध्ये ९० प्रतिशतलाई कुनै प्रकारको सहयोग अतिआव्यक भएको छ। अवस्था यति दयनीय छ कि केही परिवारसँग अब केही पनि बाँकी छैन।

५ एक करोड मानिस भोकमरीको जोखिममा

रेडक्रसका अनुसार देशमा करिब ६० प्रतिशत जनसंख्या यस्तो अवस्थामा छ। यूनिसेफका अनुसार ५० लाखभन्दा धेरै कुपोषित छन्। उता पाँच वर्ष मुनिका ५ लाख बालबालिकाको कुपोषणका कारण विकासक्रम नै रोकिएको छ।

६ महंगी उच्च स्तरमा

वस्तुको मूल्य गत एक दशकमा २३६ प्रतिशतसम्म बढेको छ। राष्ट्र संघका अनुसार युद्धभन्दा पहिलोको तुलनामा मूल्य वृद्धि २९ गुणा छ।

७ २४ लाख भन्दा धेरै किशोर विद्यालयबाट बञ्चित

यूनिसेफका अनुसार छिमेकी देशमा रहेका ७.५ लाख बालबालिका विद्यालयको पहुँच बाहिर छन्। यी मध्ये ४० प्रतिशत किशोरी छन्।

८ आधा अस्पतालमा मात्र उपचार

देशका मात्र ५८ प्रतिशत अस्पताल र ५३ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रमामात्र हाल काम भइरहेको छ। एक संस्थाका अनुसार ३५० स्वास्थ्य संस्थामा हालसम्म ५९५ पटक आक्रमण भएको छ। ९२३ स्वास्थ्यकर्मी मारिएका छन्।

अलेप्पोमामात्र ३५ हजार संरचना ध्वस्त

सिरिया संघर्षका कारण पूरा सिरियामा जबरजस्त विनास भएको छ। राष्ट्र संघका अनुसार २०१६ मा सरकारको कब्जामा आउनुभन्दा पहिला नै अलेप्पोमामा ३५ हजार संरचना ध्वस्त भएका थिए। यूनेस्को वल्र्ड हेरिटेजमा सिरिया छैटौं स्थानमा छ। तर, यी सबैमा व्यापक क्षति भएको छ।

१० रायायनिक हतियारका ३८ आक्रमण दर्ता

सँयुक्त राष्ट्र संघ मानवअधिकार परिषदका अनुसार यी मध्ये ३२ आक्रमण सिरियाली सरकारको हात रहेको छ।

को को छन् संघर्षमा सहभागी ?

गएको दशकमा असद सरकारको समर्थकमा रुस र ईरान छन्, जबकि टर्की, पश्चिमा शक्ति र खाडीका केही देशहरुले विरोधीहरुको समर्थन गरेका छन्।
सिरियामा हवाई वेस रहेको रुसले २०१५ देखि हवाई अभियान शुरु गरेको छ। खासमा असद सरकारको पक्षमा यो संघर्षलाई मोड्न यही अभियान मुख्य कारक हो। ईरानले पनि असद सरकारको समर्थनमा लडाकु पठाउनेदेखि अर्बौ डलर खर्च गरेको अनुमान गरिन्छ।

ईरानले सिरियाली सेनाको सहयोगका लागि हजारौं लडाकु पठायो। उसले हतियारका साथै पैसा पनि उपलब्ध गरायो। र प्रशिक्षण पनि दियो। यी मध्ये धेरैसजो लडाकु लेबनानको हिजबुल्लाका थिए। केही इराक, अफगानिस्तान र यमनबाट पनि लडाकु पठाइएको थियो।

अर्कोतर्फ अमेरिका, बेलायत र फ्रान्सले शुरुदलेखि नै नरमपन्थी मानिने विद्रोहीको समर्थन गरेका थिए। तर, जब त्यहाँ जिहादी बलियो बने त्यसपछि यी मुलुकहरुले विद्रोहीहरुलाई कम घातक हुने सहायता गरे।

अमेरिकाले सिरिया सरकारको विरोधमा वैश्विक गठबन्धनको नेतृत्व गर्यो। यसले २०१४ मा सिरियामा हवाई आक्रमणमात्र थरेन त्यहाँ सेना पनि तैनाथ गर्यो। गठबन्धनले कुर्द र अरब लडाकुको गठबन्धन सिरियन डेमोक्रेटिक फोर्सेज लाई सहयोग गर्यो। किनकी उत्तरमा इस्लामिक स्टेटको कब्जामा गएको भूमि फिर्ता लिन सकियोस।

विपक्षीको बलियो सहयोगी टर्की पनि रह्यो। उता साउदीले ईरानको प्रभाव रोक्नका लागि हतियार र पैसाको सहयोग गर्यो। इजरायलले पनि ईरानको बढ्दो प्रभावबाट चिन्तित भएर हिजबुल्ला र अन्य शिया लडाकुविरुद्ध हवाई आक्रमण गर्यो।

सिरियामा अब कसको नियन्त्रण ?

सिरिया सरकारले फेरि देशका ठूला सहरहरुमा आफ्नो नियन्त्रण बनाएको छ। तर देशका केही भागमा अझै पनि विद्रोही, जिहादी र कुर्द नेतृत्वको डेमोक्रेटिक फोर्सेजको कब्जा छ। विद्रोहीहरुको बलियो किलला अब इदलिबको उत्तर प्रश्चिम प्रान्त, उत्तरी हामाको छिमेकी भाग र अलेप्पोको पश्चिमी प्रान्त बचेको छ। हाल यहाँ युद्ध रोकिएको छ। तर, कुनै पनि बेला यहाँ युद्ध भड्किन सक्छ।

के यो लडाई रोकिएला ?

अहिले त यस्तो हुने कुनै आशा छैन। तर यो लडाइमा सहभागी सबै पक्षको विचारमा यो लडाइको राजनीतिक समाधान गर्नुपर्छ भन्ने छ। राष्ट्र संघ सुरक्षा परिषदले २०१२ मा जेनेभा सम्झौता लागू गर्ने कुरा गरेको छ। यसै अनुसार सबैको सहमतिबाट एक गभर्निङ बोडी बनाइने छ।

सुरक्षा परिषदको मध्यस्थतामा नौ चरणसम्म भएको वार्तापछि पनि हालसम्म कुनै प्रगति भएको छैन। राष्ट्रपति बसर अल असद विपक्षी राजनीतिक समूहसँग वार्ताका लागि इच्छुक छैनन्। किनकी दोस्रो पक्षले उनको राजीनामा मागेको छ।

२०१७ मा रुस, ईरान र टर्कीले अस्ताना प्रक्रिया अनुसार राजनीतिक वार्ता शुरु गरेका थिए। यसको एक वर्षपछि संविधान बनाउनका लागि १५० सदस्यीय समिति बनाउन सहमति भएको थियो। संविधान बनेपछि राष्ट्र संघको रेखदेखमा निष्पक्ष चुनाव गर्ने तय भएको थियो। तर २०२१ सम्म यसमा कुनै प्रगति नभएको राष्ट्र संघीय प्रतिनिधिको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *