मापसे गरेर कारले ठक्कर दिएर २ जनाको हत्या गर्नेलाई अदालतले दियो निबन्ध लेख्ने सजाय

डिसी नेपाल
७ जेठ २०८१ १५:०३

काठमाडौं । महाराष्ट्रको पुणेमा एक नाबालिगले कार चलाउने क्रममा दुई इन्जिनियरको हत्या गरेका छन् । उक्त दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने उनका साथीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले कार चालक विरुद्ध यरवदा प्रहरी चौकीमा मुद्दा दर्ता गरेको छ । यस मुद्दामा आरोपी पक्राउ परे पनि केही घण्टामै उनले अदालतबाट जमानत पाएका थिए । यसै क्रममा अदालतले उनलाई घटनाको बारेमा निबन्ध लेख्न सजाय दियो ।

नाबालिग पुणेका एक प्रसिद्ध बिल्डरसँग सम्बन्धित रहेको बताइएको छ । दुर्घटनामा मृत्यु हुनेमा अनीस दुधिया र अश्विनी कोस्टा रहेका छन् । दुवै राजस्थानका हुन् । यो दुर्घटना आइतबार राति करिब २.३० बजे भएको हो । दुर्घटनापछि आरोपीले भाग्ने प्रयास गरे तर भीडले उनलाई कुटपिट गरेपछि प्रहरीलाई बुझायो ।

यस हाई प्रोफाइल कार दुर्घटनाका अभियुक्तलाई जिल्ला अदालतले १४ घण्टाभित्र धरौटीमा रिहा गरेको छ । आरोपी नाबालिग भएकाले उनलाई पुणेको जुभेनाइल जस्टिस बोर्डमा पेश गरिएको थियो।

अदालतले चार शर्तमा आरोपीलाई जमानत दिएको हो । अभियुक्तले १५ दिनसम्म ट्राफिक प्रहरीलाई सहयोग गर्नुपर्नेछ । अभियुक्तले मनोचिकित्सकबाट उपचार गराउनुपर्नेछ। अभियुक्तले भविष्यमा कुनै दुर्घटना देखेमा दुर्घटना पीडितलाई सहयोग गर्नुपर्छ । सजायस्वरुप अदालतले अभियुक्तलाई ‘सडक दुर्घटनाका असर र समाधान’ विषयमा कम्तीमा ३ सय शब्दको निबन्ध लेख्न आदेश दिएको छ ।

जानकारीका अनुसार यस घटनामा मृत्यु भएका दुई जना राजस्थानका बासिन्दा थिए र नजिकैको पबबाट पार्टी गरेर फर्किरहेका थिए। एक प्रत्यक्षदर्शीले भने, “म रिक्सा लिएर उभिरहेको थिएँ। केटा र केटी मोटरसाइकलमा थिए र सडक पार गर्दै थिए । अचानक एक पोर्श कार तीब्र गतिमा आयो र दुबैलाई ठक्कर दिएको थियो।”

आरोपी नाबालिग विरुद्ध आईपीसीको धारा 304 (लापरवाही) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। अभियुक्तले मादक पदार्थ सेवन गरी गाडी चलाएको प्रहरीको अनुमान छ । यसका लागि उनको रगत परीक्षण गरिएको थियो । तर, यो परीक्षणको रिपोर्ट आउनुअघि नै अदालतले आरोपीलाई धरौटीमा रिहा गरिदिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *