टेस्लाका कारबाट चीनमा अमेरिकाले जासुसी गरेको आरोप

डिसी नेपाल
८ चैत २०७७ २०:०३
1.3k
Shares

वाशिङ्टन। चीनले अमेरिकी इलेक्ट्रोनिक कार उत्पादन गर्ने कम्पनी टेस्लाबाट उत्पादित कम्पनीले चीनमा जासुसी गरेको आरोप लगाएको छ। चिनियाँ सेनाले टेस्ला कम्पनीका कारबाट जासुसी हुन सक्ने भन्दै अब चिनियाँ सेनाले टेस्लाका कारमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारमा जनाइएको छ।

टेस्लाका कारमा जोडिएको क्यामेराले संवेदनशील सूचना संकलन गर्ने सक्ने भन्दै चिनियाँ सेनाले टेस्लाका कारमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। चिनियाँ सेनाले टेस्लाका उत्पादनमाथि प्रतिबन्ध लगाएपछि टेस्लाका मालिक एलन मस्कले आफ्ना कम्पनीका कारबाट हुनै जासुसी भए आफूले कम्पनी नै बन्द गरिदिने बताएका छन्।

उनले चिनियाँ व्यापारीहरुको एक सम्मेलनमा कुनै पनि उत्पादनले चीन वा विदेशमा जासुसी गर्नु निकै नराम्रो भएको भन्दै त्यसको असर कम्पनीमा पर्ने बताएका छन्। टेस्ला कम्पनीको हालै बढेको सेयर मूल्यका कारण मस्क केही दिनका लागि विश्वका सर्वाधिक धनी व्यक्ति बनेका थिए। तर, हाल सेयरको मूल्य भने घटेको छ।
अमेरिकापछि चीन टेस्लाको सबैभन्दा ठूलो बजार हो।

तर अहिले चीनमा टेस्लाले जासुसी गर्ने विषयले चर्चा पाउँदा चीनमा टेस्लाको बजार खस्किन सक्ने अनुमान गरिएको छ। विश्वका दुई ठूला अथतन्त्र भएका मुलुक अमेरिका र चीनबीच इतिहासकै तल्लो स्तरमा आपसी सम्बन्ध पुगेको छ। हालै चीन र अमेरिकी उच्च स्तरीय वार्तामा समेत दुबै देशका प्रतिनिधिबीच चर्काचर्की भएको थियो। जुन प्रत्यक्ष प्रसारणसमेत भएको थियो।

अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि पहिलो पटक चीन र अमेरिकाबीच उच्चस्तरीय वार्ता भएको थियो। तर, सो वार्ता पनि सकरात्मक नभएपछि ट्रम्पका पालादेखि विग्रेको सम्बन्ध निकट भविष्यमै सन्तुलनमा आउने सम्भावना कम हुँदै गएको विश्लेषण गरिएको छ।

चीन र अमेरिकाबीच अहिले व्यापार युद्ध चलिरहेको छ। जसलाई शीत युद्धकै अवस्था भनिएको छ। अमेरिकाले चिनियाँ पाइभ जी प्रविधि कमपनी हुवावेलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै आफ्ना सहयोगी मुलकहरुलाई पनि प्रतिबन्ध लगाउन भनिरहेको छ। जसका कारण हुवावेको व्यापार खस्किएको छर अब चिनियाँ सेनाले टेस्लामाथि प्रतिबन्ध लगाउँदा यो व्यापार युद्ध झन बढ्न सक्ने विश्लेषण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *