आर्ट इन प्याराडाइजमा टिकटक बनाउनेको भिड (फाेटाेफिचर)

फुर्पा शेर्पा
९ चैत २०७७ १३:०२

काठमाडौं। यतिबेला ‘आर्ट इन प्याराडाइज नेपाल’ नामक थ्रिडी म्यूजियममा फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ। बालबालिकादेखि बुढाबुढीसम्मको रोजाइमा पर्न थालेको उक्त म्यूजियम राजधानीस्थित काठमाडौं मलमा रहेको छ।

विश्वका अरु देशहरुमा झैं नेपालमा पनि कोरोनाले ठप्प भएर घाटा व्यहोरिराखेका व्यवसायका व्यवसायीहरु नयाँनयाँ तरीका अपनाएर व्यापार बढाउन तिर लागि परेका छन्। दैनिक लाखौंको व्यापार हुने न्यूरोड क्षेत्र केही दिन अघिसम्म सुनसान थियो। तर लकडाउन खुलेसँगै र कोरोना भ्याक्सिन आएसँगै धेरै जसो ठाउँहरु नयाँ व्यवसायले गर्दा चर्चामा आउन थालेको छ।

केही समय अघि कोरोना माहामारीकै बिच काठमाडौंको न्यूरोडको एउटा गल्लीमा युरोपबाट आएका युवाले ल्याएको योजना ‘अम्रेला स्ट्रीट’ले निकै चर्चा बटुलेको थियो। त्यस्तै, अहिले काठमाडौं महलमा आर्ट इन प्याराडाइज नेपाल पनि चर्चित बन्न पुगेको छ।

काठमाडौं महलको पाँचौं तल्लामा रहेको ‘आर्ट इन प्याराडाइज नेपाल’ नामक म्यूजियम सात हजार पाँच सय इस्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा रहेको छ। सो म्यूजियममा जाने जोकोहीले त्यहाँको कलाकृतिहरूले गर्दा आनन्द अनुभूति प्रदान गर्ने गर्छन्।

कूल १० विषयवस्तुहरू यस अन्तरक्रियात्मक संग्रहालयमा उपलब्ध छन्। म्यूजियमको प्रवेशद्वारमा नेपाली सांस्कृतिक सम्पदा जस्तो न्याटापोल, स्वयंभूनाथ र जातीय नेपाली पोशाकमा रहेका मानिसहरूले स्वागत गर्दछन्। जसले तपाईंलाई युनेस्कोले सूचीबद्ध गरेको विश्वको सातवटा चमत्कारसहित विश्वका प्रसिद्ध शहरहरूमा पुर्याउँछ।

नेपाल एक भूपरिष्ठित मुलुक हो। त्यसैले हामी मध्ये धेरैलाई सागरको वरिपरि भएको अनुभव थाहा नहुन सक्छ। यद्यपि, यदि तपाईं सागरको चारैतिर घुम्ने महसुस गर्ने सपना देख्ने व्यक्ति हुनुहुन्छ भने यो म्यूजियम उपयुक्त हुनेछ।

यसबाहेक, माउन्ट सगरमाथाको थिममा फाेर-डी प्रभाव छ, जहाँ हिउँ वर्षा र कोठाको तापक्रमको अनुभव गर्न सकिन्छ। समुद्र, शार्क, सर्फिंग, मत्स्यांगना, मोती, रंगीन माछा र अधिक विशेषता भएको जलीय विषयवस्तुले जलीय जीवहरूको वरिपरि हुने चाहनालाई शान्त पार्न सक्छ। जुन प्रकृति र सांस्कृतिक सम्पदाको यथार्थपरक चित्रको रूपमा झल्केको छ।

यो किन र कसरी खोलिएको हो?

‘आर्ट इन प्याराडाइज नेपाल’ गत फेबु्रअरीे २६ का दिनदेखि खोलिएको हो। म्यूजिएमका मार्केटिङ एण्ड पब्लिक रिलेशन सोनाम ज्याङबु शेर्पाका अनुसार दिनमा तीनदेखि चार सयसम्म ग्राहकहरुले अवलोकन गर्ने गरेका छन्। विशेष गरी शनिबारका दिन भने भिडभाड बाक्लो हुने गर्छ।

शेर्पाले भने, ‘हाम्रो यहाँ ५० ओटा जति फोटो खिच्ने ठाउँ छ, फोर डीमा साथै सानो वेकरी पनि रहेको छ। नेपालमा सबैभन्दा ठूलो थ्रीडी संग्राहालयको रूपमा सिर्जना भइरहेको छ। सबै कार्यहरू चित्रकारहरूले सिर्जना गरेका हुन्। १२ कोरियालीहरू जो भ्रमका थ्रीडी छविहरू सिर्जना गर्न सक्षम छन्। ताकी यहाँ आउनेहरु रमाउन र थ्रिडी कलाको साथ अनुभव साझेदारी गर्ने अंश बन्नुहोस् भने विश्वासका साथ सञ्चालन गरेको हो।’

उनले म्यूजिमको शाखाहरु काठमाडौं बाहिर पनि खोल्न योजनामा रहेको बताए। उक्त म्यूजिममा विशेष मानिसहरु फोटो खिच्न, भिडियो बनाउन र टिकटक बनाउनको लागि बढी आउने गर्छन्।

शेर्पाले भने, ‘सन् २०१९मा बनाएको योजना हो यो। जब हाम्रा संस्थापक सदस्यहरू थाईल्याण्डको भ्रमण गर्दै थिए त्यहीबाट यो अवधारणा आएको हो। यो खोल्नुको उद्देश्य भनेको रमाइलो गर्ने ठाउँहरू प्रस्तुत गर्नु, नेपालीहरूलाई उनीहरूको कल्पनाशक्तिमा विश्व अन्वेषण गर्नु हो।’ उनले आगामी दिनमा यसलाई अझ बढी विस्तार तथा विकास गर्दै लाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *