राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे…’ (भिडियोसहित)

डिसी नेपाल
१० चैत २०७७ ९:२०
76
Shares

काठमाडौं। गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे…’ मान्छेु सार्वजनिक गरेका छन्। ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्।

चर्चित लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे…’मान्छेु २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नुृ परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याई छ । मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार कोशेली हो । अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन् ।

माया पिरतीका धेरै गीत गाईयो, ताली पनि पाईयो नाम र दाम सबै पाईयो तर समाजलाई के दिन सकियो भन्ने आफै भित्रको प्रश्नको उत्तर हो यो मेरो ‘ए मान्छे…’ गायक राज सागर रोमान्चित हुँदै थप्छन्, मान्छेहरु जातकै कारण मारिनेक्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।

संजीब बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *