थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेश विजयी

डिसी नेपाल
१० चैत २०७७ १९:३३
576
Shares

काठमाडौं। थ्री नेसन्स कप फुटबलको पहिलो खेलमा बंगलादेशले सुखद सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादशले किर्गिस्तानलाई १ ० गोल अन्ररले पराजित गरेको हो।

बंगलादेशले पहिलो हाफको २९ औं मिनेटमा आत्मघाती गोलको उपहार पाएको थियो। किर्गिस्तानका मस्क मिया जोनीले डिबक्स भित्र बल किलिएर गर्न खोज्दा गोल भएको थियो। उक्त गोल नै बंगलादेशको जीतको लागि प्रयाप्त भयो।

त्यसपछि दुवै टीमले गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्। यसपछिको खेलमा बिहीबार घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्ने छ। नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।

एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ। समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *