कीर्तिमानी उज्वल ठकुरीकाे नयाँ रेकर्ड, पाकिस्तानी खेलाडीकाे रेकर्ड ताेडे

डिसी नेपाल
११ चैत २०७७ ७:२८
188
Shares

वाशिंटन। मार्शल आर्ट बिधामा ८ औं पटक विश्व कीर्तिमान  राखिसकेका उज्वल ठकुरीले पाकिस्तानी खेलाडीको विश्व रेकर्डलाई तोड्दै नवौं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका छन्।

ठकुरीले हालसालै भारतको ओलम्पिक खेल्ने तेक्वान्दो खेलाडीको विश्व कीर्तिमानलाई भंग गरेको केही समय मै पुन पाकिस्तानका शीर्ष खेलाडी मोहमद रसिदको कीर्तिमानलाई ताेड्दै गिनिज विश्व किर्तिमानमा आफ्नो नाम लेखाउन सफल भएका हुन्।

५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किक प्याडमा समाउन लगाएर १ मिनेटमा ८३ चोटी घुडा प्रहार समाप्त गरि नयाँ विश्व किर्तिमान हात पारेका छन्।सो उपाधि पहिला भारतको तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरी २०१७ उपाधि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटी प्रहार गरी उनको कीर्तिमान प्राप्त गरेका थिए।

तर पुनः पाकिस्तानको खेलाडीले मार्च १,२०२० मा ७८ चोटी प्रहार गरि ठकुरीको उपाधि खोसेका थिए। त्यस्तै दोस्रो ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किकप्याडमा समाउन लगाएर ३ मिनेट भित्र १५७ घुडा प्रहार समाप्त गरी नया विश्व कीर्तिमान हात पारेका छन्। सोही कीर्तिमान भारतको बडे साइले ३ मिनेटमा ५ केजी बोकेर ८७ चोटी प्रहार गरेका थिए भने मोहम्मद रसिदले ३ मिनेटमा १५२ चोटी प्रहार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *