प्रधानमन्त्रीसँग सबैलाई नचाउन सक्ने के जादू छ ?

जगदीश दाहाल
१२ चैत २०७७ ११:२३

नेपालको वर्तमान राजनीतिमा एउटा अपत्यारिलो स्थिति देखिएको छ। वर्तमान सरकार ढल्यो ढल्यो भनेर एक दिन समाचार आउँछ, अर्को दिन सरकारको संकट टर्‍याे भनेर समाचार आउँछ।

वर्तमान सरकार ढलाउन चाहने राजनैतिक शक्तिहरुसँग भर्खरै सरकार ढलाउन सक्ने क्षमता पनि छ तर उनीहरु हिम्मत गरिरहेका छैनन्। जुनसुकै बेला ढल्न सक्ने राजनीतिक समीकरणका बीच उभिएको सरकारलाई ढलाउन कुनै पनि दलले आँट गर्न सकिरहेका छैनन्।

मुलुक हाँक्छु भनेर राजनीतिमा आएका यी राजनैतिक शक्तिहरुले आफ्नो क्षमता किन प्रयोग गरिरहेका छैनन् वा प्रयोग गर्न किन हिच्किचाइरहेका छन् भन्ने प्रश्न बुझिनसक्नुको छ। विश्व राजनीति समीकरणको प्रभाव पनि नेपालमा राजनीतिक रुपले ढुलमुलिएको देखिन्छ।

नेपालका राजनीतिक दलहरु बेग्ला बेग्लै संसदीय दलको बैठक र गुटका भेला गरिरहेका छन्। एमालेका तीन वटा समूहले बेग्ला बेग्लै कार्यक्रम गरिहेका छन्। ओली समूह, बामदेव समूह र नेपाल–खनाल समूह तीनवटै क्रियाशील छन्।

कांग्रेसमा पनि त्यसैगरी तीनवटा समूह क्रियाशील देखिन्छन्। देउवा समूह, पौडेल र सिटौला समूहका बेग्ला बेग्लै गुटका बैठक भइरहेका छन्। उता जसपामा पनि त्यही हालत देखिन्छ। जसपा पनि तीनवटा समूहमा विभाजित हुने संभावना देखिएको छ। महन्थ ठाकुर, उपेन्द्र यादव र शरतसिंह भण्डारीका तीनवटा समूह बनेर देखा पर्न थालेको छ।

वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमा के त्यस्तो विलक्षण शक्ति छ जसले उनलानई सत्ताबाट हटाउन कसैले हिम्मत गर्न सकिरहेका छैनन्? उनको सरकार ढाल्न विधिसम्मत विकल्प, संवैधानिक विकल्प कसैले पनि नअपनाउने तर, विरोध गर्न पनि नछोड्ने?

नयाँ दल घोषणा गर्ने तयारीमा पनि नेताहरु रहेका छन्। तर यो सबै गतिविधिले वर्तमान सरकारलाई सत्तामा टिक्न ऊर्जा प्रदान गरेको देखिन्छ। वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमा के त्यस्तो विलक्षण शक्ति छ जसले उनलानई सत्ताबाट हटाउन कसैले हिम्मत गर्न सकिरहेका छैनन् ?

उनको सरकार ढाल्न विधिसम्मत विकल्प, संवैधानिक विकल्प कसैले पनि नअपनाउने तर, विरोध गर्न पनि नछोड्ने? यो नेपाली राजनीतिमा हास्यास्पद खेल देखिएको छ। तर जे होस केपी शर्मा ओली मुलुकमा एउटा शक्तिशाली नेता र शक्तिशाली प्रधानमन्त्री देखिन पुगेका छन्।

उनको अगाडि सरकार ढाल्ने आँट गरेर कुनै पनि नेता प्रस्तुत हुन सकेनन्। अहिले पछिल्लो समय देशी विदेशी शक्ति सबै उनकै सरकार टिकाउन लाग्नुपर्ने अवस्था आइलागेको छ।

प्रमुख प्रतिपक्ष दललाई छायाँ सरकार पनि भनिन्छ। तर कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अव अन्य कुनै दलले अविश्वासको प्रस्ताव ल्याएपनि त्यसलाई समर्थन नगर्ने संकेत गरेका छन्। अर्थात देउवा वर्तमान सरकारलाई नै निरन्तरता दिने पक्षमा देखिएका छन्।

कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने परिपक्व समय भइनसकेको जनाएको छ। प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि ओलीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान सरकारलाई मौन समर्थन दिइरहने पक्षमा देखिएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता नलिने र राजीनामा पनि माग्न नछोड्ने गरी प्रचण्डले सरकारप्रति आफ्नो द्वेध चरित्र प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री शक्तिशाली र कुशल राजनीतिक खेलाडी, सक्षम नेता, देशी विदेशी शक्तिलाई साइजमा ल्याउन सक्ने नेताका रुपमा देखा परेका छन्। तर उनलाई पनि आगामी संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम पारित गर्न भने त्यति सजिलो देखिँदैन। त्यो नीति तथा कार्यक्रम पनि पारित गर्न सफल हुने हो भने उनले यो संसदको पाँच वर्षे कार्यकाल सजिलै पूरा गर्न सक्ने देखिन्छ।

 

उता जसपा त आफूहरुको माग सम्वोधन हुने अवस्था आए सरकारमा सहभागी नै बन्न खोजिरहेको छ। सरकार र जसपाका नेताहरुबीच विभिन्न चरणमा वार्ता भइरहेका र ती वार्ता सकारात्मक भएको सार्वजनिक भएको छ।

यी सबैलाई यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरकारलाई समर्थन दिइराख्ने अवस्थामा पार्ने के त्यस्तो सूत्र रहेछ, प्रधानमन्त्री ओलीसँग? यी सबै दलका नेताको विगतका कामकारवाहीको कमजोरी र अख्तियारको त्रास नै मात्र हो कि अरु कुनै त्यस्तो ओलीसँग जादूमन्त्र सूत्र शक्ति छ ? यो अहिले आम सरोकारवालाको जिज्ञासाको विषय बनेको देखिन्छ।

तर जे होस वर्तमान सरकारका नेता प्रधानमन्त्री शक्तिशाली र कुशल राजनीतिक खेलाडी, सक्षम नेता, देशी विदेशी शक्तिलाई साइजमा ल्याउन सक्ने नेताका रुपमा देखा परेका छन्। तर उनलाई पनि आगामी संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम पारित गर्न भने त्यति सजिलो देखिँदैन। त्यो नीति तथा कार्यक्रम पनि पारित गर्न सफल हुने हो भने उनले यो संसदको पाँच वर्षे कार्यकाल सजिलै पूरा गर्न सक्ने देखिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *