एमालेमा दुगडको प्रभुत्व

डिसी नेपाल
१२ चैत २०७७ १२:१३

काठमाडौं। २०६४ सालमा नेपाल सद्भावना पार्टी आनन्दीदेवीबाट सामानुपातिक सांसद बनेका उद्योगपति मोतीलाल दुगडले २०७० सालमा नव निर्माण नेपाल पार्टी गठन गरे। २०७० सालको निर्वाचनमा उनको पार्टीको जनमानतसमेत जफत भएपछि उनले आफ्नो पार्टीलाई एमालेमा विलय गराए।

उनै दुगडलाई एमालेले २०७४ को आम निर्वाचनमा समानुपातिक सांसद बनायो। एमालेबाट सांसद बनेका दुगड २०७५ सालमा उद्योग राज्यमन्त्री समेत बने। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा दुगडको राज्यमन्त्री पद गुमेको थियो। तर पछि प्रधानमन्त्री ओलीले उनलाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन्।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएपछि पार्टीभित्र उनको प्रभुत्व एकाएक बढेर गएको छ। केही दिन अगाडि मात्रै दुगडको पहलमा करिव २३५ जना उद्योगी व्यापारी एमाले प्रवेश गरेका छन्। अझै १५० जना व्यापारी पार्टी प्रवेश गर्ने तयारीमा रहेको दुगडले बताएका छन्।

नेकपा एमालेमा पार्टी कार्यालय भाडाका लागि घर उपलब्ध गराएर आफ्नो प्रभुत्व जमाउने प्रयास भने यो पहिलो पटक होइन। यसअघि तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पामार्फत यति समूहले पासाङ ल्हामू शेर्पा प्रतिष्ठानको घर एमालेलाई उपलब्ध गराएर पार्टीमा व्यापारिक फाइदा लिएको चर्चा एमाले वृत्तमा छ।

कलंकीदेखि गोपीकृष्णसम्म चक्रपथ विस्तार हुने भएपछि धुम्बाराहीमा रहेको एमाले कार्यलय सार्ने विषयमा प्रधानमन्त्री ओलीले आफू निकट व्यक्तिहरुसँग छलफल गरे।

चक्रपथ विस्तारको काम सुरुभएपछि नियमित पार्टी कार्यालय जान असुविधा हुने तथा हालको पार्टी कार्यालय रहेको स्थान केही साँघुरो पनि भएकाले नयाँ भवन खोज्नु पर्ने प्रधानमन्त्रीले बताएपछि दुगडले पार्टी कार्यालय राख्न करिव १५ वटा जति भवन हेरेका थिए।

अन्तिममा थापाथलीमा रहेको एक घरमा कार्यालय राख्ने निश्चित भएको छ। उक्त घर दुगडले खोजेका हुन्। ‘म बालुवाटारमा गइरहन्छु। त्यहाँ नयाँ पार्टी कार्यालय खोज्ने विषयमा प्रधानमन्त्रीले सल्लाह गर्नु भयो।

सबै साथीहरुले नयाँ घर खोज्नु भएको हो। मैले पनि धेरै घर खोजेँ, अन्तिममा थापाथलीमा रहेको घर उपयुक्त लागेपछि प्रधानमन्त्रीज्यूले बुधबार निरीक्षण गर्नु भएको हो,’ दुगडले डिसी नेपालसँग भने, ‘उक्तघर सबै हिसावले उपयुक्त हुने भएपछि निश्चित गरिएको हो।’

पार्टी कार्यालय सार्ने निश्चित भएको घर दुगडका आफन्तको हो। सञ्जय अग्रवालको घर पाँच वर्षका लागि भाडामा लिने सम्झौता भएको दुगडले जानकारी दिए। ‘मेरो साथीको घर हो,’ उनले भने, ‘हामीले पाँच वर्षका लागि सम्झौता गरेका छौं। भाडाको विषय टुंगिएको छैन।’

नेकपा एमालेमा पार्टी कार्यालय भाडाका लागि घर उपलब्ध गराएर आफ्नो प्रभुत्व जमाउने प्रयास भने यो पहिलो पटक होइन। यसअघि तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पामार्फत यति समूहले पासाङ ल्हामू शेर्पा प्रतिष्ठानको घर एमालेलाई उपलब्ध गराएर पार्टीमा व्यापारिक फाइदा लिएको चर्चा एमाले वृत्तमा छ।

प्रधानमन्त्री ओली र यति समूहबीचको सम्बन्धका कारण सरकारको आलोचना हुने गरेको छ। यति समूहका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि एमालेमा दुगड उदायका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *