थप १५६ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१३ चैत २०७७ १६:४६

काठमाडौं । शुक्रबार नेपालमा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ सय ९९ रहेको छ । पछिल्लो २४ घण्टामा ७० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ५६ हजार ३०० जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *