२३९ यात्रुसहित चीन गइरहेको विमानमा अमेरिकी सेनाले मिसाइल हानेको दाबी

डिसी नेपाल
१५ चैत २०७७ १५:५३

काठमाडौं। मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयासमा विफल भएपछि अमेरिकी वायु सेनाले यो विमानमा मिसाइल आक्रमण गरेको र सो आक्रमणका कारण विमान हिन्द महासागरमा दुर्घटना हुँदा २३९ जना यात्रुको ज्यान गएको एक नयाँ पुस्तकमा दावी गरिएको छ । खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नियन्त्रणमा लिने प्रयास गर्दा दुर्घटना भएको दावी गरेकी छिन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपछि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् । डि चाङगेले यो घटनालाई बिडम्बनापूर्ण भन्दै आधिकारिक घटनाहरु छलमा आधारित भएको भनेकी छिन् । यो बोइङ ७७७ विमान पूर्वनिर्धारित रुपमा क्वालालम्पुरबाट बेइजिङको लागि उडेपछि एक घण्टाभित्रै नाटकीय परिवर्तन भएर विमान हिन्द महासागरमा दुर्घटना भएको देखिन्छ ।

डि चाङगेले भने निष्कर्षलाई डाइभर्सन अपरेशन भनेकी छिन् जसलाई पछिल्लो समयमा सबैभन्दा ठूलो गल्ती लुकाउने प्रयासको संज्ञा पनि दिएकी छिन् । ४ सय पेजको पुस्तकमा फ्रान्सकी यी पत्रकारले अमेरिकी वायु सेनाले यो विमानलाई नियन्त्रणमा लिन खोजेको बताएकी छिन् । अमेरिकी वायुसेनाले यो विमानलाई ट्रयाकिङ टेक्नोलोजी प्रयोग गरेर राडारमा नदेखिने बनाएको र यसैले विनाशकारी परिणाम ल्याएको बताएकी छिन् ।

डि चाङगेका अनुसार एमएच ३७० ले विद्युतीय उपकरणको शिपमेन्ट बोकेर चीन जाँदै थियो र यसलाई अमेरिकाले स्वीकृत गरेको थिएन । पुस्तकमा उनले अमेरिकी सेनाले यो विमानलाई रिरुट गर्ने प्रयास गर्दा विफल भएपछि मिसाइल हानेर उडाइदिएको र अहिलेसम्म यो विषयलाई ढाकछोप गर्ने प्रयास गरिरहेको दावी गरेकी छिन् । उनका अनुसार शिपमेन्टमा २.५ टन ‘कमजोर दस्तावेजीकरण गरिएका मोटोरोला विद्युतीय उपकरण’ थिए । यिनीहरु ठिकसँग सुरक्षा मापदण्ड पुरा गरेका थिएनन् र यिनीहरु अमेरिकाका थिए ।

डि चाङगेका अनुसार सम्भवतः यो विमानको म्याग्नेटिक फिल्ड ब्लक गरेर यसलाई राडारबाट गायब पार्नको लागि २ वटा अमेरिकी एयरबर्न अर्ली वार्निङ विमानहरु यसको तल र माथि उडेका थिए । डि चाङगेले लेखेकी छिन् ‘विमानलाई मिसाइल हान्नु ठूलो गल्ती हुन सक्छ तर विमान र यसको विशेष कार्गोलाई चीनको हातमा जानबाट रोक्ने अन्तिम प्रयास पनि थियो ।’ डि चाङगेले यो विषयमा मार्च २०१४ देखि खोजी सुरु गरेकी थिइन् ।

मलेसियन एयरलाइन्सको विमान एमएच ३७० २०१४ को मार्च ८ देखि बेपत्ता छ । यो विमान अन्तिम पटक दक्षिण चीन सागरमाथि राडारमा देखिएपछि बेपत्ता छ । यो विमान हिन्द महासागरमा दुर्घटना भएको अनुमान गरिएको छ । यसमा २२७ यात्रु र १२ जना चालकदलका सदस्य गरी कूल २३९ जना थिए । यी यात्रुमध्ये १५३ जना चिनियाँनागरिक थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *