शक्तिशाली महासचिव माधव नेपाल अहिले निलम्बित हुनुपर्दा

विनय शेखर
१७ चैत २०७७ ०:३२

काठमाडाैं। १६ वर्ष आफू महासचिव हुदाँ एमाले कसरी चल्यो र चलाए त्यतिबेर चेपुवामा पर्नेहरुले सम्झिएका भए पनि आम मानिसहरु र कार्यकर्ताले त्यो कुरा विर्सिसकेका छन्। तर पछिल्लो समय माधव नेपालले पटक पटक दोहोर्याउने गरेका छन् पार्टी विधि र विधानबाट चल्नुपर्छ भनेर।

‘व्यक्तिको स्वेच्छाचारिता हैन पद्दतिले पार्टीलाई मजबुद बनाउँछ’ भन्ने उनको मत रहँदै आएको छ । एमालेमा हुँदा होस् वा नेकपमा रहँदा पार्टी निर्णयमा चित्त नबुझे भद्र असहमति भन्दै नोट अफ डिसेन्ट लेख्ने नेताको परिचय बनाएका थिए केही समय यता नेपालले खासगरी पार्टी केपी ओलीको नेतृत्वमा गएदेखि।

नेपाल नजिकका नेता कार्यकर्ता भन्छन्, माधव नेपाल पार्टीभित्र नेता कार्यकर्तालाई समदुरीमा राख्दै सकेसम्म सबैलाई समेटेर पार्टी चलाउने नेता हुन् । प्रायः नेता कार्यकर्तामा माधव नेपालको छवि निष्ठावान र सरल नेताको रुपमा परिचित छ।

कहिले तत्कालीन माओवादीलाई शान्ति प्रकृयामा मैले नै ल्याएको भनी दावी गर्ने त कहिले म नेतृत्वमा भएकोलेमात्र जवजको कार्यान्वयन सफल भएको भाषण गर्न पछि नपर्ने माधव नेपाललाई आज एमालेले छ महिनाका लागि निलम्बन गरेको छ। र, यो निलम्बनसम्म आइपुग्दा सम्मका आरोह अवरोहमा केपी ओलीलाईमात्र दोष दिएर नेपालका कमजोरी लुकाउनु भनेको एकतर्फी बिश्लेषण हुनसक्छ।

माधव नेपालले नेकपा एमालेको महासचिवको रुपमा १६ वर्ष नेतृत्व सम्हाले । एमालेको नौ महिने सरकार बन्दा उनी महासचिव थिए। अहिले पनि त्यही ९ महिने सरकारले लगाएको गुनको ब्याज खाइरहेको छ र त्यसको जस नेपाललाई दिनुपर्छ भन्ने नेता कार्यकर्ता पंक्ति एमालेमा प्रशस्तै छन्।

तथापि २०५४ सालमा एमाले टुक्रिएर माले बन्नुको मुख्य दोष माधव नेपाललाई नै जान्छ। त्यतिमात्र हैन १६ वर्षसम्म नेतृत्व गर्दा नेपालले पार्टीलाई बलियो बनाएनन् झनै कमजोर बनाए भन्ने मत बलियो छ।

इतिहासका निर्णायक बिन्दुमा एमालेलाइ जहिल्यै अनिर्णयको बन्दी अर्थात ’पेण्डुलम’ बनाउने अपजस नेपालकै भागमा पर्छ । राजाको प्रतिगमन आधा सच्चियो भन्दै विन्तिपत्र चढाउन आतुर माधव नेपालकै कारण एमालेको छबि बिग्रेको चर्चा सिर्फ आरोपमात्र हैन यथार्थ हो।

कहिले तत्कालीन माओवादीलाई शान्ति प्रकृयामा मैले नै ल्याएको भनी दावी गर्ने त कहिले म नेतृत्वमा भएकोलेमात्र जवजको कार्यान्वयन सफल भएको भाषण गर्न पछि नपर्ने माधव नेपाललाई आज एमालेले छ महिनाका लागि निलम्बन गरेको छ। र, यो निलम्बनसम्म आइपुग्दा सम्मका आरोह अवरोहमा केपी ओलीलाईमात्र दोष दिएर नेपालका कमजोरी लुकाउनु भनेको एकतर्फी बिश्लेषण हुनसक्छ।

पार्टी पंक्तिभित्र एकथरी चर्चा गर्छन् केपी ओलीको पहलमा तत्कालीन माओवादी केन्द्रसँग एमालेको एकता अपारदर्शी तरिकाले गरिएको थियो जुन एकताप्रति माधव नेपाल शुरुदेखि नै शसंकित थिए। दुइटा पार्टी मिलेर एक भएको नेकपामा दुबै पार्टीका साविक अध्यक्ष राखेर दुईजना अध्यक्ष बनाउनैपर्ने बाध्यता थियो।

त्यसको प्रत्यक्ष असर माधव नेपालको वरियतामा देखियो। चित्त नबुझे पनि उनले आफूलाई तेश्रो बरियतामा स्वीकारे। त्यो बरियता पनि सहकर्मी झलनाथ खनाललाई स्वीकार्य भएन। उनले आफू माथिल्लो बरियतामा हुनुपर्छ भन्ने दावी गरे।  नेतृत्वले फेरि अचानक तेश्रोबाट नेपाललाई चौथोमा पुर्याएर झलनाथ खनाललाई तेश्रो बरियतामा लग्यो।

चित्त बुझेन, अपमानित हुनुपर्यो । र पनि उनले भद्र असहमति जनाएरै भएपनि बरियता स्वीकारे । बरियताक्रममा इश्वर पोखरेलभन्दा माथि रहेका नेपाल समूहका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई नेतृत्वले सचिवालय सदस्य बनाएन। नेपाललाई फेरि चित्त दुख्यो। उनले शान्तिपूर्ण असहमति जनाए।

नेपालले पटकपटक यसो गर्नुको पछाडि एकमात्र कारण थियो पार्टीको नाम एमाले होस् वा नेकपा तर त्यो बिधि र बिधानले चल्नुपर्छ। उनको बिचारमा यो सब गर्दा पार्टी बिधि र बिधानबाट नभै अध्यक्षहरुको गोप्य बैठक र ती बैठकमा गरिने मनलाग्दी निर्णयबाट चल्ने गर्दथ्यो । ओली र पुष्पकमल दाहालले मनोमानी चलाए केही समय।

नेकपाभित्रको हिजोको विवाद विधि र पद्दतिका लागि भन्दा व्यक्तित्वको टकरावबाट शुरु भएको थियो भन्नेहरुमा त्यही पार्टीका नेताहरु धेरै छन्।  देख्दा ओली र प्रचण्डको जुगाँको लडाइजस्तो देखिए पनि त्यो लडाइका नदेखिने एक योद्धा माधव नेपाल थिए।भन्नलाई पार्टी एकता गर्ने बेला ओली र प्रचण्डबीच भएको सहमति पालना नभएपछि नेकपा विवाद सतहमा छताछुल्ल भएको हो भनिए पनि प्रचण्डलाई ओलीको क्याम्पबाट आफ्नो क्याम्पमा ल्याउन नेपालको भुमिकै रहेन वा थिएन भन्नु एकतर्फी बिश्लेषणमात्र हुनेछ।

नेतृत्वप्रति भद्र असहमति र व्यक्तिवादी निर्णयको बिरोध गर्दै पार्टीलाई बिधि र विधानमा चलाउन चाहे पनि पार्टी सञ्चालन शैलीमा उल्लेख्य सुधार देखिएन। सुधार नदेखिएपछि नेता नेपालले पनि बिस्तारै आफ्नो शालिन र भद्र छवि बदल्न थाले । बैशाख २०७७ यता माधव नेपालको स्वभाव र शैली दुबै देखिने गरी परिवर्तन हुनुको मुख्य कारण नेतृत्वको एकलौटी गर्ने शैलीले बढाएको तिक्तता मुख्य थियो।

जुन तिक्तता बढ्दै गएपछि माधव नेपाललाई एमालेले निलम्बन गरेको छ। भलै त्यो निलम्बन केपी ओली समूहको एकलौटी निर्णय हो स्वीकार्य हुँदैन भनिए पनि हाल केपी ओली नै नेकपा एमालेका अध्यक्ष हुन्। अध्यक्षले बिधानबमोजिम नै कारवाही प्रकृया अगाडि बढाइएको बताइरहेका छन्।

फागुन २३ अगाडिको नेकपा र त्यसयताको नेकपा एमालेमा देखिएको विवाद यहाँसम्म पुग्ने धेरै कारणमध्ये मुख्य नेपालले भन्ने गरेको विधि र बिधानको पालना नहुनु भन्दा पनि ‘पार्टी सत्तामा हुदा एक्लै खान खोज्ने वा खाइरहने र पार्टी सत्तामा हुँदा पनि खान नपाउने’ बीचको बिभेद हो। यस्तो बिभेदलाई स्वयं एमालेकै मान्छेहरु पार्टीभित्रको बर्गीय बिभेद भनेर बुझ्दछन्।

यो बिभेदमा माधव नेपालले देखिने गरी नै दोश्रो समूहको नेतत्व गरे। जसको पछाडि सत्तामा पुग्ने चाहना पनि हो। त्यो विभेद हिजोसम्म अदृष्य राखियो । आज सतहमा छताछुल्ल भएको छ। भलै यो विभेद केन्द्रित विवादको केन्द्रमा केपी ओली र प्रचण्ड देखिएपनि नेपथ्यका शसक्त खेलाडी माधव नेपाल पनि थिए।

नेकपाभित्रको हिजोको विवाद विधि र पद्दतिका लागि भन्दा व्यक्तित्वको टकरावबाट शुरु भएको थियो भन्नेहरुमा त्यही पार्टीका नेताहरु धेरै छन्।  देख्दा ओली र प्रचण्डको जुगाँको लडाइजस्तो देखिए पनि त्यो लडाइका नदेखिने एक योद्धा माधव नेपाल थिए।

भन्नलाई पार्टी एकता गर्ने बेला ओली र प्रचण्डबीच भएको सहमति पालना नभएपछि नेकपा विवाद सतहमा छताछुल्ल भएको हो भनिए पनि प्रचण्डलाई ओलीको क्याम्पबाट आफ्नो क्याम्पमा ल्याउन नेपालको भुमिकै रहेन वा थिएन भन्नु एकतर्फी बिश्लेषणमात्र हुनेछ।

बाहिर जे भनिए पनि खास विवादको जड पार्टीभित्रै भएर पनि सत्ता र शक्तिमा हुने र हुन नपाउनेको बीचको टकराव हो । सत्तामा हुदा खाने, खाइरहने एउटा पक्ष र आफ्नो पार्टीको सरकार हुदा पनि कसैले खानै नदिने वा खान नपाउनेबीचको विवाद र ध्रुवीकरणको परिणाम हो एमाले एमालेबीचको चरम ध्रुवीकरण र नेपाल र भीम रावलको निलम्बन ।

भन्नलाई हिजो नेकपा एउटा पार्टी भनियो । तर त्यहाँ एमाले र माओवादी केन्द्र थिए । अहिले एमाले भएपछि त्यहाँ ओली र नेपाल छन् । १६ बर्षसम्म एमालेको महासचिव भएका नेपाल अहिलेसम्मकै ठूलो कारवाहीमा परेका छन् । यो कारवाहीपछि नेकपा एमालेलाई क्रमश फुट र विघटन हुनबाट जोगाउन मुस्किल हुदैछ । साथै एमाले पार्टीमा आफ्नो भविष्य देखेका युवा कम्युनिष्ट नेताहरुको भबिष्य संकटमा पर्न थालेको छ ।

फागुन २३ गते अगाडिसम्म नेकपा र त्यसयता एमालेमा छिटो छिटो विकसित हुने गरेका घटनाक्रम र क्रियावाट सिर्जित प्रतिघटना र प्रतिकृया तत्कालका आवेग र आवेशबाटमात्र समाधान हुने छाँट देखिन्न । यसका बाछिटाहरु धेरै परसम्म पुग्न सक्छन् । सतहमा देखिदा ती समानान्तर कमिटीको रुपमा देखिएलान् । माधव नेपालपक्षले अझै पनि पार्टीभित्रै बसेर बिद्रोह गर्ला । तर एमाले अब सग्लो रहला भनेर अपेक्षा गर्नु सही नहुनसक्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *